प्रतिष्ठानको इन्टर्नल मेडिसिन विभागमा थप सेवा विस्तार
काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको इन्टर्नल मेडिसिन विभागद्वारा बिरामीहरुको उपचारका लागि दिँदै आएको विशिष्ट सेवाहरुमा थप विस्तार गरिएको छ । विभागले फागुन १ गतेदेखि हप्ताको हरेक बिहीबार बिहान १० देखि १ बजेसम्म सञ्चालन हुने गरी जेरियाट्रिक क्लिनिकको थप सेवा सुरु गरेको हो । यस किसिमको क्लिनिक नेपालमा नै पहिलो पटक प्रतिष्ठानमा सुरु भएको बताईएको छ ।
उक्त क्लिनिक ज्येष्ठ नागरिकहरुलाई उमेरका कारणले हुने आन्तरिक कमजोरीका साथै शारीरिक तथा मानसिक समस्याहरुजस्तै निद्रा नलाग्ने, खाना नरुच्ने, थकान महशुस हुने आदि तथा दुई वा सोभन्दा बढी रोगहरु भएका हरुको उपचार गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको हो । त्यस्ता किसिमको स्वास्थ्य समस्या देखा परी ओपीडीमा जचाउन आउँदा ज्येष्ठ नागरिकहरुले लामो समय पालो कुर्नु नपरोस् र भीडका कारणले सास्ती खेप्नु नपरोस् भन्ने मनसायले छुट्टै क्लिनिक सञ्चालनमा ल्याइएको प्रतिष्ठानले जनाएको छ । यस किसिमको सेवाहरुबाट ज्येष्ठ नागरिक मैत्री स्वास्थ्य प्रणालीको विकासलाई सहयोग पुग्ने विश्वास लिइएको छ । उक्त क्लिनिकमा डा. ऊर्जा भट्टराईले विशेषज्ञ चिकित्सकको रुपमा सेवा दिनेछिन् । उनले भारतको नया“ दिल्लीस्थित अखिल भारतीय स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट जेरियाट्रिक मेडिसिन विषयमा स्नातकोत्तर गरेकी हुन् । साथै उनी जेरियाट्रिक मेडिसिन विषयको नेपालमै पहिलो महिला चिकित्सक हुन् । एउटै बिरामीलाई लामो समय लगाएर चेक जाँच गर्नुपर्ने भएको हुँदा अहिलेको सुरुवाती चरणमा एक पटकमा १५ जना बिरामीहरुलाई मात्र सेवा प्रदान गर्ने योजना रहेको प्रतिष्ठानले जनाएको छ ।
यसका साथै विभागले गर्भवती महिलाहरुमा देखापर्ने मधुमेह र थायराइडको असन्तुलन जस्ता स्वास्थ्य समस्याहरुको उपचारका लागि गर्भवती तथा मधुमेह र थायराइड क्लिनिकको पनि सुरुवात गरेको छ । फागुण १ देखि लागू हुने गरी हप्ताको हरेक बुधबारदेखि सञ्चालनमा आएको क्लिनिकको विशेषज्ञ चिकित्सक डा. रबिन मास्के हुन् । त्यसैगरी, विभागले महिनाको पहिलो बिहीबार स्ट्रोक क्लिनिक, दोस्रो बिहीबार हेडयाच क्लिनिक, तेस्रो बिहीबार छारेरोगसम्बन्धी तथा चौथो बिहीबार पार्किन्सन्स रोगसम्बन्धी क्लिनिक गरी चार प्रकारका क्लिनिकहरु सञ्चालनमा ल्याएर बिरामीहरुलाई सेवा प्रदान गर्न सुरु गरेको हो । उक्त क्लिनिकहरुमा प्रतिष्ठानको स्ट्रोक टिमका प्रमुख डा. भुपेन्द्र शाहले विशेषज्ञ चिकित्सकका रुपमा सेवा दिनेछन् ।
यस्तै मस्तिष्काघात भई शरीरको एकपाटो नचल्ने, अत्याधिक टाउको दुःखी छटपटाउने, छारेरोग लागेर बेला बेला मुच्र्छित पर्ने, पार्किन्सन्स रोग लागेर हिँड्डुल गर्न, बोल्न, एकैठाउँ बसिरहन असहज हुनेजस्ता अवस्थाका बिरामीहरु ओपीडीमा जँचाउन आउँदा, फलोअपमा आउँदा अन्य बिरामीहरुको भिडका कारण घण्टौ लाइनमा बस्न असहज तथा कठिनाइ हुने हुँदा यस्ता बिरामीहरुका लागि छुट्टै क्लिनिक सञ्चालनमा ल्याइएको हो ।
क्याटेगोरी : प्रदेश समाचार, कोशी प्रदेश
ताजा अपडेट
- मिथिलामा वासन्ती छठ पर्व सुरु
- साल्ट ट्रेडिङले १५ प्रतिशत लाभांस वितरण गर्ने
- साझेदार दलको दबावले अन्योलमा मन्त्रिपरिषद् विस्तार, पूर्णता कहिले?
- वर्षाको सम्भावना
- गण्डकी प्रदेश सरकारबाट माओवादीका मन्त्रीको राजीनामा
- नेपाल अमेरिका सैन्य वार्ता हुँदै
- टेलिफोन महसुल घटाउन भारत सकारात्मक: मन्त्री शर्मा
- तीन वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने रास्वपाको निर्णय
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया