निर्वाचनको मुखमा दोलखा उद्योग वाणिज्य संघमा तालाबन्दी
दोलखा । दोलखा उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनको लागि मनोनयन समेत दर्ता भएपछि विवाद सिर्जना भएको छ । विवादपश्चात् केही व्यवसायीहरूले बिहीबार दिउँसो संघको कार्यलयमा तालाबन्दी गरेका छन् ।
संघको २३औँ साधारणसभा एवं अधिवेशनको शनिबार तोकिएको छ । संघले अधिवेशनको लागि एक निर्वाचन समिति बनाएको थियो । उक्त निर्वाचन समितिले निर्वाचनसम्बन्धी काम थाली मनोनयनको कार्य समेत सम्पन्न भइरहेको पछि केही व्यवसायीहरूले सदस्यताको विषय निकालेर विवाद सिर्जना गरेका हुन् । निर्वाचनको पूर्वसन्ध्यामा संघको कार्यालयमा तालाबन्दी गरेपछि निर्वाचन कार्यतालिका समेत प्रभावित बनेको छ । निर्वाचनका लागि बुधबार मनोनयन दर्ता भएको थियो । अध्यक्ष पदमा निर्वतमान अध्यक्षसमेत रहेका ईन्द्र बहादुर श्रेष्ठ र निवर्तमान उपाध्यक्ष दिनेश बस्नेतले प्यानलै बनाएर मनोनयन दर्ता गराएका थिए । श्रेष्ठलाई नेपाली कांग्रेस समर्थित व्यवसायी र बस्नेतलाई नेकपा एमाले, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी समर्थित व्यवसायीले समर्थन गरेका छन् ।
लामो समयसम्म विवादका कारण संघको साधारणसभा हुन सकेको थिएन । अहिले तालाबन्दी हुनुको मुख्य कारण पनि सदस्यता वितरणकै विवाद रहेको व्यवसायीहरूले बताएका छन् । विधानअनुसार साधारणसभामा उपस्थित हुनपाउने भए पनि एक वर्ष नपुगी नयाँ सदस्यले मतदान गर्न नपाउने नियम छ । तर निर्वाचन समितिले सबैले मतदान गर्न पाउनेगरी मतदाता नामावली प्रकाशित गरेपछि तालाबन्दी गर्न बाध्य भएको व्यवसायी सन्तोष रिमालले बताए । निर्वाचन समितिले एक हजार एक सय ४३ जना मतदाता नामावली प्रकाशन गरिसकेको छ ।
व्यवसायीहरू सन्तोष रिमाल, नारायणबहादुर श्रेष्ठलगायतले दोलखाका प्रमुख जिल्ला अधिकारी शेखर पौडेललाई ज्ञापनपत्र बुझाउँदै तत्काल साधारणसभा स्थगित गर्न समेत माग गरेका छन् । सबैको सर्वसहमतिमा वैधानिक ढंगबाट साधारणसभा गर्न आग्रह गर्दै उनीहरूले तत्कालका लागि अधिवेशन स्थगित गर्न प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएका हुन् ।
क्याटेगोरी : प्रदेश समाचार, बागमती प्रदेश
ट्याग : #Page 8
ताजा अपडेट
- बिग्रिए राष्ट्रिय पुस्तकालयका किताब, संरक्षणका लागि ८५ लाख माग
- अख्तियारको वार्षिक प्रतिवेदन संसद्मा पेश
- सांसदको एक स्वर:मिटरब्याज पीडितको समस्या समाधान गरौँ
- ब्रिटिश युवा पर्यटकलाई निरुत्साहित पार्दै एम्सटरडम
- बजेटका बेला आर्थिक प्रशासन अलमलमा पर्ने आशङ्का
- ‘पर्यटनमार्फत गण्डकीमा समृद्ध हासिल गछौँ’
- मिटर ब्याज पीडितको माग पूरा गर्न सांसदको माग
- नेपाल–भारत सीमा समन्वय बैठक
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- सेयर लगानीकर्तालाई सचेतना तालिम आयोजना
तपाईको प्रतिक्रिया