गाउँघरमा हराउँदै फागुको महत्व
दोलखा । हिमाली जिल्ला दोलखामा पछिल्ला वर्षहरुमा फागु पुर्णिामा अर्थ होली खेल्ने परम्परा लोप हुँदै गएको छ । केही वर्षअघिसम्म निकै रमझमका साथ एक–आपसमा रङ्ग दलेर मनाइने यस पर्वको रौनक बिस्तारै हराउँदै गएको हो ।
बजार क्षेत्रमा केही युवायुवतीहरुले होली मनाए पनि गाउँघरमा भने होली मनाउन नै छाडिएको छ । फागु पूर्णिमा पर्वको परम्परागत महत्व र रौनक हराउँदै गएको बैतेश्वर गाउँपालिका–३ मिर्गेका स्थानीय विशाल बस्नेत बताउँछन् । उनका अनुसार केही वर्षअघिसम्म गाउँघरमा साथीभाइ, आफन्त जम्मा भई घरघरमा मौलिक गीत गाउँदै नाच्दै होली (फागु) खेल्ने चलन थियो तर पछिल्लो समय हट्दै गएको छ ।
मौलिक परम्परा, संस्कार संस्कृतिभन्दा माथि उठेर भड्किलो पाराले होली मनाउने संस्कारका कारण पनि गाउँमा परम्परागत संस्कृति हराउन थालेको उनको बुझाइ छ । होली आउनु एक÷दुई दिनअगाडि नै मादल, झ्यालीलगायतका विभिन्न परम्परागत वाद्यवादनका तालमा होली गीत गाउने र नाच्ने गरेर यो पर्व मनाइने गरिन्थ्यो । तर अहिले भने गाउँघरमा फागु खेल्ने बालबालिकाबाहेक अन्य कोही नभएको जगत बहादुर बस्नेत बताउँछन् ।
गाउँघरमा रहेका युवाहरु सहर र वैदेशिक रोजगारको सिलसिलामा विदेशीयका कारण पनि पछिल्लो समय गाउँमा फागु खेल्ने परम्परा लोप हुँदै गएको उनले सुनाए । यस पर्वलाई विशेषगरी सहरबजारमा साथीभाइ, आफन्तबीच रङ्ग खेलेर धुमधामका साथ मनाइन्छ । त्यसैको प्रभाव गाउँघरमा पर्न थालेपछि होलीको विशेष मौलिकता नै हराउन पुगेकामा स्थानीय ६३ वर्षीय जगत बहादुर बस्नेतले चिन्ता व्यक्त गरे । यस वर्षको होली दोलखाका गाउँमा मात्रै हैन सहरमा पनि खासै उत्सवको रुपमा मनाएको पाइएन । विगत वर्षहरुमा दोलखाको सदरमुकाम चरीकोटमा धुमधामका साथमा होली मनाइने गरेको थियो तर यसवर्षको होलीमा भने सदरमुकाम चरीकोट पनि सुनसान देखिएको हो ।
सदरमुकाम चरीकोटमा भने दोलखा चेम्बरको आयोजनामा दोलखा महोत्सव चलिरहेको कारण मानिसहरु महोत्सवमा केन्द्रित हुँदा होलीले खासै महत्व नपाएको स्थानीय बताउँछन् । विगतमा सदरमुकाम होली विशेष कार्यक्रम नै हुनेगरेको थियो । युवा पुस्ताले संस्कार, संस्कृतिको महत्वभन्दा पनि रमाइलोका लागि मात्र पर्व मान्ने चलनले पनि फागु पर्वको महत्व हट्दै गएको बताइन्छ । यता जिरी बजारमा भने फागु पर्व विशेष कार्यक्रम गरेरै मनाएइको छ । जिरी बजारमा स्थानीयले होली विशेष कार्यक्रम नै गरेर मनाएका हुन् ।
क्याटेगोरी : कला / संस्कृति, प्रदेश समाचार, बागमती प्रदेश
ट्याग : #Page 8
ताजा अपडेट
- चलचित्र नीति:नयाँ नीति तर पुरानै ऐन
- कृषि ज्ञान केन्द्र कालीकोटका कर्मचारी विरुद्ध भ्रष्टाचार अभियोग
- पाँच डिआइजीलाई एआइजीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय
- रविको राहदानी मुद्दामा महान्यायाधिवक्ताको कार्यालयले मुद्दा नचलाउने
- प्रधानमन्त्री दाहालले पाए विश्वासको मत
- ब्याजदर एकल अङ्कमा ल्याउन हानको माग
- लोकतन्त्र, सङ्घीयता र संविधानलाई रक्षाका लागि विश्वासको मत : अध्यक्ष राउत
- प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौँ : नेता भण्डारी
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- सेयर लगानीकर्तालाई सचेतना तालिम आयोजना
तपाईको प्रतिक्रिया