Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारदोलखा महोत्सवको सातौं दिनसम्म एक करोडमाथिको कारोबार

दोलखा महोत्सवको सातौं दिनसम्म एक करोडमाथिको कारोबार


दोलखा । गत शुक्रवार गतेदेखि सुरु भएको दोलखा महोत्सवमा एक करोडमाथिको कारोबार भएको आयोजकले जनाएको छ । महोत्सवमा दैनिकरूपमा दर्शकहरूको सहभागिता पनि उत्साहजनक रहेको छ ।

महोत्सव शनिबारसम्म चल्नेछ । महोत्सवको हालसम्ममा दोलखा र आसपासका ३५ हजार जनाले अवलोकन गरेको महोत्सव आयोजक संस्था दोलखा चेम्बर अफ कमर्सले जनाएको छ । सातौँ दिनसम्म आइपुग्दा पनि दर्शकको उपस्थितिमा कुनै कमी नआएको चेम्बर दोलखाका महासचिव पाण्डव सिङ पाण्डेले जानकारी दिए । महोत्सवमा राष्ट्रिय तथा स्थानीयस्तरका ख्यातिप्राप्त कलाकारहरूले मनोरञ्जनात्मक प्रस्तुतिहरू दिइरहेका छन् । साथै महोत्सवमा विभिन्न उद्योगी तथा व्यापारीले एक सय २० वटा स्टल राखेका छन् । महोत्सवमा दैनिक पाँच हजार रूपैयाँबराबरको हाराहारीमा टिकट बिक्री हुने गरेको छ भने कारोबार दैनिक १५ देखि २० लाख भएको अनुमान गरिएको छ । नौ दिनसम्म चार करोडबराबरको आर्थिक कारोबार गर्ने आयोजकको लक्ष्य रहेको थियो तर सातौँ दिनसम्म एक करोड २० लाख रूपैयाँबराबरको मात्रै कारोबार भएको छ ।

महोत्सवमा जिल्लाका विभिन्न जातजातिका सांस्कृतिक झाँकी प्रदर्शन, पञ्चेबाजा संरक्षणका लागि पञ्चेबाजा बजाउने समूहबीच प्रतियोगिता, खैँजडी भजनको प्रस्तुतिलगायतका कार्यक्रम दैनिकरूपमा भइरहेका छन् । महोत्सव मुख्य आयोजक चेम्बरका अनुसार महोत्सवमा आर्थिक बहस, नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान(नाष्ट), विज्ञान तथा रोबोटिक एसोसिएसनको सहयोगमा विद्यार्थीहरूलाई रोबोट प्रदर्शन, कम्प्युटर एसोसिएसनको सहयोगमा निःशुल्क मर्मत शिविर तथा साइबर सचेतना कार्यक्रम सञ्चालन भइरहेको छ । साथै स्टिड फुड फेस्टिबल, माउन्टेन फ्लाइटमार्फत् दोलखाका पर्यटकीयस्थल अवलोकन तथा माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको सेयर अभौतिकीकरण शिविरलगायतका कार्यक्रम पनि सञ्चालन भइरहेका छन् ।


क्याटेगोरी : प्रदेश समाचार, बागमती प्रदेश
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया