चार करोड कारोबार गर्दै १० दिने दोलखा महोत्सव सम्पन्न
दोलखा । दोलखा चेम्बर अफ कमर्सको आयोजनामा भएको १० दिने दोलखा महोत्सव आइतबार सकिएको छ । महोत्सवमा चार करोड रुपैयाँबराबरको कारोबार भएको आयोजकले जनाएको छ ।
गत फागुन १९ गते उद्घाटन गरिएको महोत्सवको आइतबार समापन गरिएको हो । महोत्सवको समापन बागमती प्रदेशका सभामुख भुवन पाठकले गरेका थिए । कार्यक्रममा उनले दोलखामा धार्मिक तथा सांस्कृतिक पर्यटकहरूमा व्यापाक मात्रामा भित्र्याउन सकिने बताए । यस्तै यहाँको जल, जमिन र जडीबुटीको सही सदुपयोग गरे आर्थिकरूपमा समेत देशकै धनी जिल्ला हुने बताए । शनिबार समापन गरिने गरी महोत्सवको आयोजना गरिएको भए पनि अवलोकनकर्ताहरूको मागका आधारमा एक दिन महोत्सवको समय थप गरिएको दोलखा चेम्बरका अध्यक्ष विष्णु श्रेष्ठले जानकारी दिए । उनका अनुसार महोत्सवको दोलखा, रामेछाप र सिन्धुपाल्चोकका करिब ५० हजार जनाले अवलोकन गरेका थिए । यस्तै महोत्सवमा एक सय २० वटा स्टलहरू राखिएको थियो ।
दोलखा महोत्सव दोलखा चेम्बर अफ दोलखाको मुख्य आयोजना तथा घरेलु विकास साना उद्योग, भीमेश्वर नगरपालिकाको सहआयोजना सम्पन्न भएको हो । महोत्सवलाई विभिन्न संघसंस्थाले प्रायोजक गरेका थिए । महोत्सवमा दोलखालाई चिनाउने पञ्चेबाजा समूहबीच प्रतियोगिता, खैजेडी भजन समूहबीच प्रतिस्पर्धा, विभिन्न जातजातिबीच सांस्कृतिक प्रतियोगिता आयोजना गरिएको थियो । यस्तै राष्ट्रिय तथा स्थानीय कलाकारहरूले मनोरञ्जन दिलाएका थिए । महोत्सवमा आर्थिक बहस, रोबोट प्रदर्शन, कम्प्युटर एसोसिएसनको सहयोगमा निःशुल्क मर्मत शिविर तथा साइबर सचेतना कार्यक्रम सञ्चालन गरिएको थियो ।
क्याटेगोरी : प्रदेश समाचार, बागमती प्रदेश
ट्याग : #Page 8
ताजा अपडेट
- विचारः गणतन्त्रका १५ वर्षले आएको परिवर्तन
- आज कोशी र कर्णाली प्रदेशका केही स्थानमा पानी पर्ने
- माछा मार्न करेन्ट लगाउने क्रममा युवकको मृत्यु
- दाहाल र भट्टराईविरुद्धको रिट दर्ता गर्न सर्वोच्चको आदेश
- घरजग्गा किनबेच सहजीकरण र ऋण मिलाइदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ
- भारतबाट १०० रुपैयाँभन्दा बढीको सामान नेपाल ल्याए भन्सार तिर्नुपर्ने
- आग्रह र पूर्वाग्रह बिना दश वर्षको बजेट समीक्षा गरौँ : पूर्वअर्थमन्त्री शर्मा
- नेपाली समाजमा भ्रष्टाचारको नाङ्गो रुप देखियो : अध्यक्ष नेपाल
धेरैले पढेको
- धादिङको साना किसान सहकारीमा अनियमितता भएको अदालतको ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया