Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारकोशी प्रदेशढल प्रशोधन केन्द्र निर्माण कार्य अन्तिम चरणमा

ढल प्रशोधन केन्द्र निर्माण कार्य अन्तिम चरणमा


सोलुखुम्ब । सोलुखुम्बु सदरमुकाम सल्लेरीमा निर्माणाधिन नेपालकै पहिलो ढल प्रशोधन केन्द्रको काम अन्तिम चरणमा पुगेको छ । सहरीकरणले छुँदै गएको जिल्लाको फाप्लु, सल्लेरी र दोर्पु क्षेत्रको ढल व्यवस्थापनको कार्य अन्तिम चरणमा पुगेको हो ।

यससँगै अब सहजै सदरमुकाम क्षेत्रको ढल सहजै व्यवस्थापन हुने भएको छ । घरबाट निस्केको ढल अब सिधै पाईप लाईनमार्फत ढल प्रशोधन केन्द्रमा पुग्ने छ । संघिय खानेपानी योजनाको २१ करोडको लागतमा यो आयोजनाको काम भईरहेको सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जांबु शेर्पाले जानकारी दिए । नगरको बजार क्षेत्रको ढल व्यवस्थापनका लागि भईरहेको योजनाको अनुगमन गर्न मेयर शेर्पा आँफै पुग्ने गरेका छन् । खुल्ला दिशामुक्त घोषणा गरिएपनि खुल्ला ठाउँमा दिशापिसाब तथा खोलानालामा ढल छोडिराखेको अवस्थालाई मुक्त गर्न नगरपालिकाले यस्तो योजना ल्याएर काम गरेको हो ।


क्याटेगोरी : प्रदेश समाचार, कोशी प्रदेश
ट्याग : #Page 7

तपाईको प्रतिक्रिया