Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारकोशी प्रदेशएकीकृत स्वास्थ्य शिविरबाट चार हजारभन्दा बढी लाभान्वित

एकीकृत स्वास्थ्य शिविरबाट चार हजारभन्दा बढी लाभान्वित


विराटनगर । विराटनगर महानगरपालिकाले सञ्चालन गरेको एकीकृत स्वास्थ्य शिविरमा चार हजार भन्दा बढी लाभान्वित भएका छन् । गएको माघ २९ गतेदेखि सुरु भएको एकमहिने शिविरमा चार हजार ८४ जनाले स्वास्थ्य जाँच गराएको महानगरको स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले राससलाई जानकारी दिए ।

विराटनगर वडा नं. १८ बाट सुरु भएको शिविर सोमबार वडा नं. १९ मा पुगेर समापन भएको थियो । स्वास्थ्य लाभ लिनेमा पुरुषभन्दा महिला बढी अर्थात् दुई हजार चार सय ४५ महिला र एक हजार चार सय ३४ पुरुषले स्वास्थ्य जाँच गराएका थिए । उपचारतमध्ये एक हजार एक सय ७६ले भिडियो एक्स–रे, पाँच सय ३५ले इसिजी, आठ सय ३०ले ल्याब सेवा र छ सय ५० जनाले भिआइए (पाठेघरको जाँच) गराएका थिए ।

शिविरमा कोसी अस्पताल, विराट मेडिकल कलेज, नोवेल मेडिकल कलेज, क्षयरोग निवारण संस्थालगायतका प्राविधिक टोलीले सहयोग पु¥याएका थिए । समापन समारोहमा महानगरका प्रमुख नागेश कोइरालाले शिक्षा र स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताए । उनले स्वास्थ्यमा दक्ष जनशक्तिको व्यवस्था गर्न महानगर लागिपरेको सुनाए । एकीकृत स्वास्थ्य शिविरका विषयमा महानगरवासीबाट राम्रो प्रतिक्रिया आएको महानगरप्रमुख कोइरालाको भनाइ थियो । शिविरमा बालरोग, स्त्रीरोग, दन्तरोग, हाडजोर्नी, छालारोग, फिजिसियनलगायतले सेवा प्रवाह गरेका थिए ।


क्याटेगोरी : पालिका समाचार, महानगर, प्रदेश समाचार, कोशी प्रदेश

तपाईको प्रतिक्रिया