माथिल्लो सगरमाथाका नागरिकलाई सवारी लाइसेन्स लिन अन्यत्र जानुपर्ने बाध्यता हट्यो
सोलुखुम्बु । माथिल्लो सगरमाथाका जिल्लाका नागरिकले अब सवारी अनुमतिपत्र (लाइसेन्स) लिनका लागि अन्यत्र जानुपर्ने बाध्यता हटेको छ । ओखलढुंगाको रुम्जाटरमा स्थापना गरिएको यातायात व्यवस्था कार्यालयबाट आइतबारदेखि ट्रायलको सुरुवात गरेसँगै माथिल्लो सगरमाथाका जिल्लाका नागरिकलाई सहज भएको हो ।
ओखलढुंगाबाट लाइसेन्स वितरणका लागि ट्रायल सेवाको कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले आइतबार एक कार्यक्रमका बीच उद्घाटन गरेका हुन् । मुख्यमन्त्री कार्कीले अब नागरिकलाई घरआँगनमै सेवा दिनेगरी सेवा सुरु भएकाले सकेसम्म सुविधा लिन नागरिकलाई आग्रह गरे । सवारी लाइसेन्स, दर्ता, नवीकरणलगायतका सबै काम ओखलढुंगाबाट हुनेगरी कार्यालय स्थापना भएपछि यस क्षेत्रका सेवाग्राहीलाई सहज भएको छ । यसअघि यातायातसम्बन्धी सामान्य कामका लागि पनि प्रदेश नम्बर २ को लहान वा संघीय राजधानी काठमाडौं पुग्नुपर्ने बाध्यता थियो । ओखलढुंगामा यातायात कार्यालय सञ्चालन भएपछि ओखलढुंगा, सोलुखुम्बु, खोटाङ र उदयपुरका नागरिकको वर्षौँदेखिको बाध्यता हटेको छ । कार्यक्रममा यातायात व्यवस्था कार्यालयका कर्मचारी, जनप्रतिनिधि स्थानीयलगायतको उपस्तिथिति थियो ।
क्याटेगोरी : प्रदेश समाचार, कोशी प्रदेश
ट्याग : #Page 8
ताजा अपडेट
- १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट प्रस्तुत (पूर्ण पाठ)
- विदेशी लगानीकर्ताको सहभागितामा पूर्वाधार फण्ड स्थापना गरिने
- कृषिमा दर्जनौँ नयाँ कार्यक्रम
- पशुपन्छीको महामारी नियन्त्रणका लागि भ्याक्सिन उत्पादन गरिने
- गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने
- स्थानीय तह र प्रदेशलाई समानीकरण अनुदान एक खर्ब ४६ अर्ब र सःशर्त अनुदान दुई खर्ब २७ अर्ब
- अर्थतन्त्रलाई गतिशील र फराकिलो बनाइनेछ : अर्थमन्त्री डा. महत
- प्रोत्साहन भत्ता र अतिरिक्त भत्ता खारेज
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया