योग शिक्षाबारे जनचेतना आवश्यक छ : मुख्यमन्त्री कार्की
मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री एवं मनमोहन प्राविधिक विश्वविद्यालय बुढीगङ्गाका कुलपति हिक्मतकुमार कार्कीले योग शिक्षाबारे जनतामा चेतना जागृत गराउनुपर्ने बताएका छन् ।
मनमोहन प्राविधिक विश्वविद्यालय बुढीगङ्गाद्वारा शुक्रबार विराटनगरमा आयोजित स्वास्थ्य नीति तथा व्यवस्थापनसम्बन्धी अभिमुखीकरण कार्यक्रममा उनले आहार, विहार र योगले मानव जीवनमा सकारात्मक प्रभाव पारी स्वस्थ जीवनयापन गर्न सकिने धारणा राखे ।
मुख्यमन्त्री कार्कीले आजका युवापुस्तालाई योग र आहारका सम्बन्धमा ज्ञान प्रदान गर्नु अस्पताल निर्माण गर्नुभन्दा उपलब्धिमूलक हुने राससलाई बताए । उनले प्राविधिक विश्वविद्यालयले योग शिक्षा अध्यापन तथा यहाँबाट उत्पादन हुने जनशक्ति बजारमा जोड्ने विषयमा बृहत् छलफल एवं अध्ययन गर्नुपर्नेमा जोड दिए ।
मुख्यमन्त्री कार्कीले योग शिक्षाबाट नागरिक स्वस्थ्य भएमा मात्र देश विकासमा सघाउ पुग्ने विचार राए । उनले प्रदेश सरकार नागरिकलाई स्वस्थ्य राख्नका लागि प्राकृतिक चिकित्सा तथा योग विज्ञानका माध्यमबाट अध्ययन–अध्यापन गराउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
विश्वविद्यालयका उपकुलपति सुभाषश्री पोखरेलले स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गरी स्वदेशमा रोजगारीको अवसर सृजना गर्नुपर्ने बताए । प्रदेशका पूर्व सामाजिक विकासमन्त्री जीवन घिमिरेले मुलुकमा आवश्यक प्राविधिकतर्फको जनशक्ति उत्पादनमा विश्वविद्यालयले थप अनुसन्धान गर्नुपर्ने सुझाव दिए ।
सो अवसरमा डा. जनक बस्नेतले प्राकृतिक चिकित्सा तथा योग विज्ञान, डा. दीपेन्द्र श्रेष्ठले अस्पतालमा आवश्यक पर्ने प्राविधिक जनशक्ति उत्पादन गर्ने उच्च शिक्षाको शैक्षिक पाठ्यक्रम निर्माणसम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए ।
क्याटेगोरी : प्रदेश समाचार, कोशी प्रदेश
ताजा अपडेट
- गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत
- समसामयिक राजनीतिक व्यङ्ग्य
- विपन्न गर्भवतीलाई निःशुल्क अल्ट्रासाउण्ड
- दश प्रतिशत बिरामीको निःशुल्क उपचार गर्न निर्देशन
- राष्ट्रिय योजना आयोगले पायो पूर्णता
- पाकिस्तानको मुद्रास्फीति दरमा नयाँ रेकर्ड
- अन्तत : ५३ बिन्दुले उक्लियो सेयर बजार
- तनाव कम गर्न चीनसँग वार्ता आवश्यक : अमेरिका
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया