सेती नदीको दोहन रोक्न संरक्षण अभियान
कास्की । अन्नपूर्ण हिमशृङ्खलाबाट उद्गम भई कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका र पोखरा महानगरपालिकाको मध्यभाग भएर बग्ने सेती नदीको संरक्षणका लागि संरक्षण अभियान सुरु भएको छ ।
नदीबाट अवैज्ञानिकरूपमा नदीजन्य सामग्रीको उत्खननले नदी तीव्ररूपमा कुरुप हुँदै गएपछि संरक्षणका लागि अभियान सुरु गरिएको हो । केही वर्षदेखि नदीबाट तीव्ररूपले ढुङ्गा, बालुवा र गिट्टीको उत्खननले वातावरणीय असर पर्न थालेपछि प्रभावित क्षेत्रका नागरिकले अभियान सुरु गरेका हुन् । सेती नदीबाट बढ्दो सहरीकरणले माग गरेको नदीजन्य सामग्रीको दोहन रोकी नदीको संरक्षण र वैज्ञानिक उपयोग गर्नका लागि अभिप्रेरित गर्न विभिन्न कार्यक्रम सञ्चालन गर्ने गरी अभियान सुरु गरिएको अभियन्ता हेमराज पौडेलले राससलाई बताए ।
नदी संरक्षण अभियानलाई संरक्षण संस्थाका रूपमा अघि बढाउँदै सेती नदीको वैज्ञानिक नक्साङ्कन गर्नका लागि सरोकारवाला निकायमा पैरवी गरिने उनले बताए । उनले भने, “सेती नदी संरक्षणको वैज्ञानिक योजना निर्माण गरी लागू गर्नका लागि तीनै तहका सरकारसँग पैरवी र सहकार्य गर्नेछौँ ।” सेती नदी र यसका मुख्य सहायक नदीहरूको जलाधारलगायत जल, जमिन, जङ्गल, भौतिक पूर्वाधार र धार्मिक तथा सांस्कृतिकस्थल र संरचनाको संरक्षण र वैज्ञानिक उपयोगसम्बन्धी जनसमुदायमा सचेतना फैलाउने र दोहनको खबरदारी गर्ने गरिने पौडेलले बताए ।
सुुरुआतमा सेती नदी बचाउ अभियानको कार्यक्षेत्र पोखरा महानगरपालिका र माछापुच्छ्रे गाउँपालिका रहेको छ । वडाहरूमा सेती नदी बचाऔँ जनअभियानका भेलाहरू भएर वडास्तरीय समिति गठन गरिएको छ । सेती बचाउ अभियानले यसअघि पोखरा महानगरपालिका–१९ र माछापुच्छ्रे गाउँपालिकाको सेती नदीको तटीय क्षेत्रमा विनास बढेको भन्दै उत्खनन बन्द गर्न उच्च अदालत पोखरामा रिट दायर गरेको थियो । सेती नदीबाट ढुङ्गा, माटो, गिट्टी, बालुवालगायत नदीजन्य पदार्थको जथाभावी उत्खनन भइरहेको विषयमा परेको रिट निवेदनमाथि सुनुवाइ गर्दै अदालतले यही चैत ८ गते तत्काल उत्खनन रोक्न अन्तरिम आदेश जारी गरेको थियो । अदालतको आदेशपछि समेत उत्खनन नरोकिएको भन्दै अभियन्ताहरूले प्रशासनको ध्यानाकर्षण गराएका छन् ।
सेती नदी र मर्दी नदी दोभान आसपास डोजर, एक्साभेटरलगायतका सामग्री प्रयोग गरी नदी दोहन भइरहेको भन्दै पौडेलले अदालतमा रिट निवेदन दिएका थिए । यसबीच सेती संरक्षण अभियानको शनिबार भएको भेलाले अभियन्ता पौडेलको अध्यक्षतामा सेती संरक्षण संस्था दर्ता गर्ने गरी तदर्थ समिति गठन गरिएको हो । समितिको उपाध्यक्षमा धर्मराज बाँस्तोला, सचिव सोमनाथ पौडेल, सहसचिव केशवराज अधिकारी र कोषाध्यक्ष सीता पौडेल (आचार्य) रहेकी छ भने सदस्यमा धरेन्द्रनारायण पौडेल, भुवन पोखरेल, घनश्याम तिमिल्सिना, श्रीप्रसाद घले र चन्द्रा थापा अधिकारी रहेका छन् ।
क्याटेगोरी : प्रदेश समाचार, गण्डकी प्रदेश
ताजा अपडेट
- १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट प्रस्तुत (पूर्ण पाठ)
- विदेशी लगानीकर्ताको सहभागितामा पूर्वाधार फण्ड स्थापना गरिने
- कृषिमा दर्जनौँ नयाँ कार्यक्रम
- पशुपन्छीको महामारी नियन्त्रणका लागि भ्याक्सिन उत्पादन गरिने
- गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने
- स्थानीय तह र प्रदेशलाई समानीकरण अनुदान एक खर्ब ४६ अर्ब र सःशर्त अनुदान दुई खर्ब २७ अर्ब
- अर्थतन्त्रलाई गतिशील र फराकिलो बनाइनेछ : अर्थमन्त्री डा. महत
- प्रोत्साहन भत्ता र अतिरिक्त भत्ता खारेज
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया