जनश्रमदानबाट ५५ फिटको काठेसाँघु निर्माण
सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिका ७ स्थित खोलाखर्कमा स्थानीयले जनश्रमदानबाट ५५ फिट लामो काठे साँघु निर्माण गरेका छन् । खोलाखर्कका सात घरको जनश्रमदानबाट गार्माको फेदीमा सोलुखोलामाथि ५५ फिट लामो काठे साँघु निर्माण भएको हो ।
विगतमा निर्माण गरिएको काठेसाँगु जीर्ण भएपछि स्थानीय भुपध्वज खड्काको अगुवाइँमा खोलाखर्कवासी साँघु निर्माणमा जुटेको स्थानीयले बताएका छन् । उक्त साँघु निर्माणका लागि वडाध्यक्ष सोनाम ग्याल्जेन शेर्पाले व्यक्तिगत २० हजार सहयोग गरेको र बाँकी रकम स्थानीय जनश्रमदानबाटै निर्माण भएको भुपध्वज खड्काको भनाइ छ । उनले भने, ‘विकासमा स्थानीयवासी एकजुट हुने हो भने, असम्भव भन्ने कुरो नहुने रहेछ, हामी सात घर मिलेर नै यत्तिको राम्रो साँघु बनाउयौँ भने अरु विकासमा समेत हामी मिल्ने हो भने नहुने भन्ने हुन्छ र ? तर विकास गर्न सबै सक्रियचाहिँ हुनुपर्छ है ।’ साँघु बनेपछि अहिले स्थानीयलाई आवजावत गर्नमा असाध्यै सहज भएको स्थानीयले बताएका छन् । उक्त बाटो स्थानीयले सदरमुकाम सल्लेरी, वडा कार्यालय गार्मासहितका स्थानमा आवतजावत् गर्ने मुख्य मार्गमा पर्दछ । सो स्थानमा झोलुङ्गे पुल निर्माणका लागि प्रदेश सरकारबाट २० लाख रुपैयाँ विनियोजन भए पनि प्राविधिकको कमजोरीका कारण काम अघि बढ्न सकेको छैन ।
नागरिकको समस्यालाई मध्यनजर गर्दै वडा नम्बर ७ को कार्यालयले काठेसाँघु निर्माणका लागि चालू आर्थिक वर्षमा एक लाख रुपैयाँ विनियोजन गरेको भए पनि लम्बाइ लामो हुँदा प्राविधिक स्टिमेटअनुसार पास हुन नसकेको वडा कार्यालयले जनाएको छ । हाललाई स्थानीयले अस्थायी साँघु निर्माण गरे पनि स्थायी पुल निर्माणका लागि वडाले पहल गरिरहेको जनाएको छ । यता प्रदेश सरकारको पुल प्रविन्सियल टेक्निकल असिस्टेन्ट प्रोभाइडरले भने तीन महिनाभित्र सर्वे गरेर डीपीआर तयार गरेर आगामी आर्थिक वर्षबाट काम थालनी गर्ने बताएको छ । कम्पनीका प्राविधिक पदम जिरेलका अनुसार क्रमागत बजेट भएकाले चालू आर्थिक वर्षमा डीपीआर तयार गरेर अर्को वर्षबाट काम अघि बढाउने तयारी गरिएको छ ।
क्याटेगोरी : प्रदेश समाचार, कोशी प्रदेश
ट्याग : #Page 12
ताजा अपडेट
- गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत
- समसामयिक राजनीतिक व्यङ्ग्य
- विपन्न गर्भवतीलाई निःशुल्क अल्ट्रासाउण्ड
- दश प्रतिशत बिरामीको निःशुल्क उपचार गर्न निर्देशन
- राष्ट्रिय योजना आयोगले पायो पूर्णता
- पाकिस्तानको मुद्रास्फीति दरमा नयाँ रेकर्ड
- अन्तत : ५३ बिन्दुले उक्लियो सेयर बजार
- तनाव कम गर्न चीनसँग वार्ता आवश्यक : अमेरिका
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया