पर्यटन प्रवर्द्धनको लागि हनुमन्ते डाँडामा मेला
दोलखा । जिल्लाको कालिञ्चोक र शैलुङपछिको तेस्रो पर्यटकीय गन्तव्यको रूपमा रहेको हनुमन्तेडाँडामा पर्यटन प्रवद्र्धनको लागि नयाँ वर्षमा मेला लाग्ने भएको छ । तीनवटा पालिकाको संगमस्थलको रूपमा रहेको प्राकृतिक सम्पदाले भरिपूर्ण हनुमन्तेडाँडामा वैशाख १ गते भव्य मेला लाग्ने भएको हो ।
नयाँ वर्षमा हनुमन्तेको प्रचारप्रसार गरी आन्तरिक पर्यटकको आवतजावत वृद्धि गर्न मेला आयोजना गरिएको स्थानीयले बताएका छन् । बागमती सरकारले समेत यस क्षेत्रलाई पर्यटकीय क्षेत्रमा विकास गर्न चासो देखाइरहेको बेला स्थानीयले पर्यटन विकास र प्रचारप्रसारमा टेवा दिन मेलाको आयोजना गरेको स्थानीय तेन्जिङ शेर्पाले बताए । जिल्लाको जिरी नगरपालिका, बैतेश्वर र गौरीशंकर गाउँपालिकाको संगमस्थलको रूपमा रहेको हनुमन्तेश्वर डाँडामा दास्रो मेला आयोजना हुन लागेको हो । दुई वर्षअघि पनि हनुमन्तेमा मेला आयोजना गरिएको थियो । मेलामा दुई दर्जन बढी स्थानीय झाँक्रीहरूबाट झाँकी नाच प्रदर्शन, राष्ट्रिय तथा स्थानीय कलाकारको उपस्थितिमा सांस्कृतिक प्रस्तुति, शेर्पा श्यार्बो नृत्य तथा नयाँ वर्षको शुभकामना आदानप्रदान गरिनेछ ।
शिवका अवतार, शक्तिका प्रतीक, अष्ट सिद्धिका नायक हनुमानको प्राचीन स्थानको रूपमा हनुमन्ते क्षेत्र परिचित रहेको छ । हनुमन्तेडाँडाको छुट्टै धार्मिक मान्यता रहेका कारण धार्मिक पर्यटक हनुमन्ते क्षेत्रमा पुग्ने गरेको पाइन्छ । हिन्दू धर्म शास्त्रानुसार हनुमानले हुमन्ते डाँडाको पहाडबाट नै सञ्जीवनीको बुटी लगेको उल्लेख गरिएको छ । परापूर्वकालमा हनुमन्तेडाँडामा हनुमानको मूर्ति आफैँ उत्पत्ति भएको किंवदन्ती पाइन्छ भने उक्त मूर्ति त्यस क्षेत्रबाट पछि चोरी भएको स्थानीयवासीले बताएका छन् । यस क्षेत्रको प्रचारप्रसार तथा पर्यटन प्रवद्र्धनका लागि मेलाको आयोजना गर्न लागिएको हो । हनुमन्तेडाँडा यतिखेर आन्तरिक पर्यटकको आकर्षक गन्तव्य बन्दै गइरहेको छ । समुद्री सतहदेखि तीन हजार दुई सय मिटर उचाइमा पर्ने सो क्षेत्रमा नयाँ वर्ष–२०८० को पहिलो दिन करिब पाँच हजार आन्तरिक पर्यटक पुग्ने अनुमान गरिएको छ ।
क्याटेगोरी : प्रदेश समाचार, बागमती प्रदेश
ट्याग : #Page 8
ताजा अपडेट
- सर्वोच्च अदालतमा नागरिकता विधेयक खारेजीको माग
- सिटिइभिटीका कर्मचारी खोज्न सशस्त्र प्रहरीको गोताखोर परिचालन
- स्वास्थ्यमन्त्रीद्वारा विपन्न र असहायको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारबाही
- भारतीय दूतावास अगाडि युवा संगठनको विरोध प्रदर्शन
- नक्कली ‘वर्क पर्मिट’ बनाएर ठगी गर्ने गिरोहसँग सावधान
- पाँच वर्षमा हुने संसारीमाईको सप्ताहव्यापी महापूजा सुरु
- देउवाले गरेका पार्टी हित विपरीतका निर्णय सहेर नबस्ने : गगन थापा
- सुनकोशी नदीमा बेपत्ता तीनको पहिचान खुल्यो
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया