दोलखाका नौ स्थानीय तहको बेरुजु ३९ करोड ५६ लाख बढी
दोलखा । जिल्लाका नौवटा स्थानीय तहमा ३९ करोड ५६ लाख ४० हजार रूपैयाँ बेरुजु देखिएको छ । महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/०७९ प्रतिवेदनअनुसार उक्त रूपैयाँबराबर बेरुजु देखिएको हो ।
प्रतिवेदनअनुसार सबैभन्दा बढी बेरुजु भीमेश्वर नगरपालिकाको रहेको छ भने सबैभन्दा कम बेरुजु बैतेश्वर गाउँपालिकाको रहेको छ । महालेखाका अनुसार भीमेश्वर नगरपालिकाको सबैभन्दा धेरै आठ करोड ५९ लाख ७८ हजार रूपैयाँ बेरुजु देखिएको छ । यो रकम लेखापरीक्षण दुई अर्ब १९ करोड ५४ लाख ६६ हजार रूपैयाँबराबरको गरिएको थियो । त्यस्तै एक अर्ब २५ करोड ९९ लाख ६७ हजार रूपैयाँको लेखापरीक्षण गरेको बैतेश्वर गाउँपालिकाको बेरुजु तीन करोड ३९ लाख ३७ हजार रूपैयाँ रहेकोे छ । बैतेश्वर गाउँपालिकाको यो बेरुजु जिल्लाका अन्य स्थानीय तहको भन्दा कम हो ।
त्यसैगरी जिरी नगरपालिकाको एक अर्ब १५ करोड २१ लाख ९८ हजार रूपैयाँको लेखापरीक्षण गर्दा पाँच करोड ६१ लाख ४० हजार रूपैयाँ बेरुजु भेटिएको छ । बिगु गाउँपालिकाको एक अर्ब ११ करोड ६५ लाख ७१ हजार रूपैयाँको लेखापरीक्षण गर्दा पाँच करोड ४२ लाख एक हजार रूपैयाँ बेरुजु देखिएको छ । त्यस्तै कालिञ्चोक गाउँपालिकाको छ करोड ३८ लाख ८१ हजार रूपैयाँ, तामाकोशी गाउँपालिकाको छ करोड १५ लाख ७१ हजार रूपैयाँ, मेलुङ गाउँपालिकाको चार करोड २५ लाख ६६ हजार रूपैयाँ बेरुजु रहेको छ । त्यस्तै गौरीशंकर गाउँपालिकाको चार करोड ७५ लाख ३६ हजार रूपैयाँ र शैलुङ गाउँपालिकाको तीन करोड ५८ लाख आठ हजार रूपैयाँ बेरुजु रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।
क्याटेगोरी : प्रदेश समाचार, बागमती प्रदेश
ट्याग : #Page 8
ताजा अपडेट
- राष्ट्रिय योजना आयोगले पायो पूर्णता
- पाकिस्तानको मुद्रास्फीति दरमा नयाँ रेकर्ड
- अन्तत : ५३ बिन्दुले उक्लियो सेयर बजार
- तनाव कम गर्न चीनसँग वार्ता आवश्यक : अमेरिका
- ट्विटरको ट्रस्ट एन्ड सेफ्टी प्रमुखले दिइन् राजीनामा
- राष्ट्रियसभामा शोक प्रस्ताव पारित
- विभिन्न देशका लागि राष्ट्रपतिद्वारा राजदूत नियुक्त
- राष्ट्र विरोधी अपराधमा संलग्न व्यक्तिलाई कारबाही गर्नुपर्छ : महेश बर्तौला
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया