दोलखाको हनुमन्ते डाँडा आन्तरिक पर्यटनको रोजाइमा
दोलखा । समुद्री सतहदेखि तीन हजार दुई सय मिटर उचाइमा रहेको दोलखाको धार्मिक तथा पर्यटकीय गन्तव्यको रूपमा रहेको हनुमन्ते डाँडा नयाँ वर्षमा आन्तरिक पर्यटकको रोजाइमा परेको छ ।
सधैँ सुनसान देखिने यस क्षेत्र २०८० सालको पहिलो दिन वैशाख १ गते हजारौँ आन्तरिक पर्यटकले भरिएको थियो । यस क्षेत्रको पर्यटन विकास गर्ने उद्देश्यले हनुमन्तेश्वर पर्यटन विकास समितिले नयाँ वर्षको शुभकामना आदानप्रदान तथा सांस्कृतिक मेलाको समेत आयोजना गरेको थियो । उक्त मेलामा झन्डै १० हजारको हाराहारीमा आन्तरिक पर्यटक हनुमन्ते डाँडा पुगेका हुन् । दोलखाको कालिञ्चोक, शैलुङपछिको उच्च स्थानमा अवस्थित हनुमन्ते डाँडा पुरानो तथा ऐतिहासिक महत्व बोकेको स्थान भएकाले यस क्षेत्र पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्ने गरेको छ ।
कार्यक्रममा दोलखा जिल्लाभित्रका नौवटै स्थानीयतह बाट आ–आफ्नो जातीय सांस्कृतिक झल्काउने प्रस्तुत लिएर स्थानीयहरू हनुमन्ते पुगेका थिए । मेला दुई दर्जनबढी स्थानीय उत्पादनलाई लक्षित गरी स्टलहरू समेत राखिएको थियो । यो क्षेत्र निकै रमणीय र मानिसहरूलाई भ्रमणमा जाँदा स्वर्गीय आनन्द दिलाउने स्थानको रूपमा रहेको छ । हनुमन्तेडाँडा पुग्ने पर्यटक तथा दर्शनार्थीले त्यहाँबाट दोलखाको अधिकांश रमणीय डाँडाकाडा, हिमशृङखला र विभिन्न क्षेत्रको दृश्यावलोकन गर्न पाउँछन् । हनुमन्ते पर्यटकीय गन्तव्यको रूपमा उत्कृष्ट भए पनि शैलुङ, कालिञ्चोकको अगाडि छायामा पर्नेगरेको छ । मुख्य गरी जिरी नगरपालिका, बैतेश्वर गाउँपालिका तथा गौरीशंकर गाउँपालिका सिमाना रहेको यो डाँडा जिल्लाकै तेस्रो पर्यटकीय गन्तव्यको रूपमा रहेको छ ।
परापूर्वकालमा हनुमन्तेडाँडामा हनुमानको मूर्ति आफैँ उत्पत्ति भएको किंवदन्ती छ । विगतमा हनुमन्तेमा हनुमानको मूर्ति रहे पनि सो स्थानको मूर्ति चोरी भएपछि हनुमन्ते डाँडाको प्रचारप्रसार हुन छाडेको स्थानीय पुष्कर अधिकारीले बताए । रामायण कथाअनुसार भगवान् लक्ष्मणको उपचारका लागि जडीबुटीको खोजीमा निस्केका रामभक्त हनुमानले सञ्जीवनीको बुटी खोज्ने क्रममा यहीँ क्षेत्रबाट सिंगो पहाड नै बोकेर लगेको धार्मिक विश्वास छ । चारैतिर गुफा र हनुमानको मूर्तिले सजिएको यस क्षेत्रमा पछिल्लो समय आन्तरिक पर्यटक बाक्लो उपस्थिति हुनलागेको छ । पुरानो हनुमानको मूर्ति चोरी भएपछि अहिले नयाँ मूर्ति भिरको टाकुरामा स्थापना गरिएको छ भने मूर्ति नजिकै गुफामा शिवलिङ्ग छन् । शिवलिङ्गमाथि गाईका थुन आकारको मूर्ति छ, त्यहाँबाट जल वर्षा भइरहन्छ । धार्मिक विश्वास राख्ने र प्रकृतिसँग लुकामारी गर्नेहरूको लागि हनुमन्ते एक आकर्षणको महत्व बोकेको केन्द्रको रूपमा रहेको छ ।
क्याटेगोरी : प्रदेश समाचार, बागमती प्रदेश
ट्याग : #Page 8
ताजा अपडेट
- १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट प्रस्तुत (पूर्ण पाठ)
- विदेशी लगानीकर्ताको सहभागितामा पूर्वाधार फण्ड स्थापना गरिने
- कृषिमा दर्जनौँ नयाँ कार्यक्रम
- पशुपन्छीको महामारी नियन्त्रणका लागि भ्याक्सिन उत्पादन गरिने
- गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने
- स्थानीय तह र प्रदेशलाई समानीकरण अनुदान एक खर्ब ४६ अर्ब र सःशर्त अनुदान दुई खर्ब २७ अर्ब
- अर्थतन्त्रलाई गतिशील र फराकिलो बनाइनेछ : अर्थमन्त्री डा. महत
- प्रोत्साहन भत्ता र अतिरिक्त भत्ता खारेज
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया