Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारसम्झौताको चार वर्षपछि जिरी माविको भवन शिलान्यास

सम्झौताको चार वर्षपछि जिरी माविको भवन शिलान्यास


दोलखा । जिल्लाको जिरी नगरपालिकामा रहेकोे जिरी माध्यमिक विद्यालय भवन भूकम्पले ध्वस्त बनाएको आठ वर्ष बितिसक्दा पनि अझै निर्माण हुन सकेको छैन । जिल्लाका अन्य सामुदायिक विद्यालय भवनको निर्माण करिब सम्पन्न हुँदा जिरी माध्यमिक विद्यालय भवनको भने निर्माण सम्झौता गरेको चार वर्षपछि बल्ल भवन शिलान्यास गरिएका छ ।

जिरी नगरपालिकाकै पुरानो तथा ठूलो यस विद्यालयमा भवन निर्माण चीन सरकारको अनुदान सहयोगमा हुन लागेको हो । उक्त भवनको शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले शिलान्यास गरेका हुन् । विद्यालको शिलान्यास गर्दै उनले सम्झौता म्याद २८ महिना रहेको र सोहीभित्र विद्यालयका सम्पूर्ण संरचना निर्माणसम्पन्न गर्न निर्देशन दिए । २०७६ साल जेठ २८ गते नेपाल सरकार र चिनियाँ सरकारबीच भवन निर्माणको सम्झौता भए पनि विद्यालय पुननिर्माणको काम हुन सकेको थिएन । नगरपालिका तथा विद्यालयले भवन निर्माणको लागी चासो नदिँदा अहिले पनि विद्याथीहरु भूकम्पपछि निर्माण गरिएका अस्थायी संरचनामा पढ्दै आएका छन् ।

हाल चीन सरकारले विद्यालय निर्माण गर्न चासो देखाएपछि विद्यालय भवनको शिलान्यास गरिएको हो । विद्यालय भवनलगायतका भौतिक संरचना निर्माणको जिम्मा चिनियाँ ठेकेदार कम्पनीले नै लिएकोे छ । चिनियाँ टोलीले विद्यालयको सम्पूर्ण संरचना निर्माण गरी २८ महिनाभित्र हस्तान्तरण गर्नुपर्नेछ । विद्यालय भवन निर्माणको लागि चीन सरकारले एक अर्ब ३६ करोड रुपैयाँ अनुदान सहयोग गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशव कुमार कार्कीले जानकारी दिए ।

३३९ वटा सामुदायिक विद्यालयहरु रहेको दोलखामा प्रायः सबै विद्यालयको पुनर्निर्माण सम्पन्न भइसकेका छन् । जिरी माविको भवन निर्माणको लागि सन् २०१९ मा नै सम्झौता भएको थियो । तर २०७६ सालदेखि कोरोना भाइरसको संक्रमण बढ्न थालेकाले भारत सरकारको छवटा, चीन सरकारको दुईवटा र एडीबीको सहयोगमा निर्माण गर्नुपर्ने चारवटा भवन निर्माणमा भने ढिलाइ भएको शिक्षा समन्वय इकाइ दोलखाका प्रमुख शंकरबाबु श्रेष्ठले बताए ।


क्याटेगोरी : प्रदेश समाचार, बागमती प्रदेश
ट्याग : #Page 12

तपाईको प्रतिक्रिया