Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारदुई पक्षबीच विवादका कारण मतदान प्रभावित

दुई पक्षबीच विवादका कारण मतदान प्रभावित


चितवन । दुई पक्षबीच विवादका कारण चितवनको नवकिरण कमलकुसुम माध्यामिक विद्यालय मतदान केन्द्रमा मतदान प्रभावित भएको छ । मतदान केन्द्रमा नाराबाजी गर्दै रास्वपाका उम्मेदवार रवि लामिछानेसहित उनका कार्यकर्ताहरु प्रवेश गरेपछि गठनबन्धन र एमालेका नेता कार्यकर्ताले विरोध गरेका थिए ।

दुवैपक्षबीच झडप हुने अवस्था आएपछि प्रहरीले भिड नियन्त्रण गर्न लाठी प्रहार गरेको हो । त्यसैक्रममा एमालेका केही कार्यकर्ता पक्राउ परेको बताइएको छ ।


क्याटेगोरी : प्रदेश समाचार, बागमती प्रदेश

तपाईको प्रतिक्रिया