प्राधिकरणले विद्युत कटौती गरेपछि उद्योगीहरु सडकमा
विराटनगर । जानकारी बिना नै नेपाल विद्युत प्राधिकरणले विद्युत कटौती गरेपछि सुनसरी मोरङ औद्योगिक क्षेत्रका उद्योगीहरु सडकमा उत्रिएका छन् ।
नियमित विद्युत आपूर्ति माग गर्दै नेपाल उद्योग परिसंघ, उद्योग संगठन मोरङ, नेपाल उद्योग वाणिज्य महासंघ, मोरङ व्यापार संघलगायत संस्था आन्दोलनमा छन् । नियमित विद्युत आपूर्ति गर्न नसके लोडसेडिङको कार्यतालिका दिनुपर्ने उनीहरुको माग छ ।
औद्योगिक क्षेत्रमा विहान ६ बजेदेखि १० बजेसम्म र बेलुका ५ बजेदेखि राति १० बजेसम्म विद्युत प्रधिकरणले दैनिक विद्युत कटौती गरिरहेको छ । त्यस बाहेक अन्य समयमा पनि विद्युत कटौती हुने गरेको उद्योगीको गुनासो छ ।
अनियमित रुपमा विद्युत कटौती हुँदा उद्योगको कच्चा पदार्थमा क्षति पुग्ने गरेको मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले बताए । आइतबार मोरङ व्यापार संघको अगुवाईमा विद्युत प्रधिकरण दुहबी ग्रिडमा धर्ना दिएका व्यवसायीहरले नियमित विजुली दिन नसके लोडसेटिङ तालिका सार्वजनिक गर्न माग गरे ।
सुनसरी मोरङ औद्योगिक करिडोमा मंसिरबाटै विद्युत कटौती सुरु भएको उद्योगीको गुनासो छ । उद्योगी व्यावसायीले दुहबी ग्रिडका प्रमुख रोशन खड्कालाई ज्ञापनपत्र समेत बुझाएका छन् ।
क्याटेगोरी : प्रदेश समाचार, कोशी प्रदेश
ताजा अपडेट
- १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट प्रस्तुत (पूर्ण पाठ)
- विदेशी लगानीकर्ताको सहभागितामा पूर्वाधार फण्ड स्थापना गरिने
- कृषिमा दर्जनौँ नयाँ कार्यक्रम
- पशुपन्छीको महामारी नियन्त्रणका लागि भ्याक्सिन उत्पादन गरिने
- गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने
- स्थानीय तह र प्रदेशलाई समानीकरण अनुदान एक खर्ब ४६ अर्ब र सःशर्त अनुदान दुई खर्ब २७ अर्ब
- अर्थतन्त्रलाई गतिशील र फराकिलो बनाइनेछ : अर्थमन्त्री डा. महत
- प्रोत्साहन भत्ता र अतिरिक्त भत्ता खारेज
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया