Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारप्रदेशसभा बैठकमा मधेस प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

प्रदेशसभा बैठकमा मधेस प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै


जनकपुरधाम । आगामी आर्थिक वर्ष २०८०/८१ को मधेश प्रदेश सरकारको नीति तथा कार्यक्रम मंगलबार प्रस्तुत हुने भएको छ । मंगलबार दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश प्रमुख हरिशङ्कर मिश्रले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले जानकारी दिए ।

पहिलो पटक मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकारले आफ्नोे नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ । आगामी आर्थिक वर्षको बजेट प्रदेश सरकारले दीगो, फराकिलो एवं समावेशी आर्थिक वृद्धि हासिल गर्ने, सेवा प्रवाहमा सुधार र स्रोतसाधनको परिचालनमा प्रभावकारिता कायम गर्नेतर्फ लक्षित हुने यसअघि प्रस्तुत गरिएको विनियोजन विधेयक, २०८० का सिद्धान्त र प्राथमिकतामा उल्लेख गरेको छ ।

गत वर्ष पुस २९ गते मुख्यमन्त्री यादव नेतृत्वको सरकार गठन भएको थियो भने सरकारमा जनता समाजवादी पार्टी (जसपा)सहित नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनमत पार्टी, नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सहभागी छन् ।


क्याटेगोरी : प्रदेश समाचार, मधेश प्रदेश

तपाईको प्रतिक्रिया