गोदाममा थन्कियो बेटी पढाउ अभियानका पाँच हजार साइकल
जनकपुरधाम । मधेश प्रदेश सरकारले खरिद गरेर विद्यालय जाने छात्रालाई वितरण गर्न भनेर राखेका पाँच हजार साइकल काम नलाग्ने हुँदै गएका छन् । साइकल थन्क्याइएको ‘मधेश भवन’ को गोदामकै छानो चुहिने भएको छ। साइकलका पार्टपुर्जामा खिया लागेको छ, हावा फुस्काइएका टायरहरु पनि बिग्रिन थालेका छन्।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रम अन्तर्गत २०७८ साउनमा खरिद गरेका १० हजार थान साइकलमध्ये वितरण हुन बाँकी पाँच हजार थानको यस्तो अवस्था भएको हो। बेटी पढाउ बेटी बचाउ कार्यक्रम हाल शिक्षा विकास निर्देशनालय अन्तर्गत छ।
मुख्यमन्त्री सरोजकुमार यादवले गोदाममा थन्क्याएर राखिएका साइकलको जिम्मेवारी मुख्यमन्त्री कार्यालयले नलिने निर्णय गरेको मुख्यमन्त्री कार्यालयका सचिव नुरहरि खतिवडाले बताएका छन् । ती साइकलका सम्बन्धमा मुख्यमन्त्री कार्यालय र शिक्षा तथा समाज कल्याण मन्त्रालयको शिक्षा विकास निर्देशनालय दुबै अनुत्तरदायी देखिन्छन्।
साइकल वितरणले शिक्षाप्रति आकर्षण बढ्ने तथा अभिभावक पनि छोरी पढाउनेतर्फ अग्रसर हुने तत्कालीन मुख्यमन्त्री लालबाबु राउतको सरकारले निष्कर्षका साथ कक्षा ८ मा पढ्ने प्रदेशभरका छात्रालाई साइकल दिने निर्णय गरेको थियो।
२०७५ माघ १ मा उक्त निर्णयअनुसार साइकल वितरण सुरु भएको थियो । वितरणको चौथो चरणमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले टेन्डर गरेर काठमाडौंको ‘स्यान्यो इन्टरनेसनल प्रा.लि.’ बाट ८ करोड ४४ लाख १० हजार रुपैयाँमा १० हजार साइकल खरिद गरेको थियो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खरिदका सम्बन्धमा उजुरी परेपछि आर्थिक वर्ष २०७६/७७ मा मधेश सरकारले १७ हजार साइकल खरिद गर्दा ११ करोड रुपैयाँ अनियमितता भएको ठहर गरेको थियो।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका तत्कालीन प्रदेश सचिव यामप्रसाद भुसाल, आपूर्तिकर्ता ओम सत्य साई प्रा.लि.का प्रबन्ध निर्देशक रेनु अग्रवालसहित १० जना विरुद्ध अख्तियारले मुद्दा दायर गरेको थियो । मुद्दा परेपछि करिब पाँच हजार साइकल वितरण अन्योलमा प-यो। भुक्तानी प्रक्रिया पनि रोकियो । अख्तियारले २०७८ साउन १७ मा विशेष अदालतमा दायर गरेको मुद्दा विचाराधीन छ।
क्याटेगोरी : प्रदेश समाचार, मधेश प्रदेश
ताजा अपडेट
- (एमसीसी)की प्रमुख कार्यकारी अधिकृत सिइओ अलब्राइट काठमाडौंमा
- यही हो त प्रहरीको जनसेवा ?
- पशुपतिनाथ जलहरी प्रकरण सदस्यसचिव थापासहित तीन जनाविरुद्ध मुद्दा
- पशुपति कोषका तत्कालीन र हालका सदस्य सचिव क्रमशःढकाल र थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- काठमाडौँ मेडिकल कलेजका डाक्टरलाई हातपात गर्ने दुई नियन्त्रणमा
- नेपालमा वैदेशिक लगानीको प्रतिबद्धता जनाउनेमा चीन अघिअघि, भारत पछिपछि
- एशियाली खेलकुद: के नेपाललाई क्रिकेटबाट पदकको आशा बढेको हो?
- सरकारी कर्मचारीलाई ध्यान र योग गर्न किन निर्देशन दिइयो?
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया