बागमती सरकारले क्रिकेट खेलाडीलाई जनही एक लाख दिने
काठमाडौं,बागमती प्रदेश सरकारले आइसिसी विश्वकप लिग–२ अन्तर्गत उत्कृष्ट प्रदर्शन गरेका नेपाली खेलाडीलाई जनही रु एक लाखका दरले पुरस्कार दिने घोषणा गरेको छ ।
क्रिकेटका माध्यमबाट इतिहास बनाउन सफल भएकोमा प्रोत्साहन स्वरुप सो रकम पुरस्कार दिने बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले जानकारी दिए । खेलाडीसँग प्रदेश सरकार सँगसँगै रहेको बताउँदै उनले क्रिकेट खेलाडीले उत्कृष्ट खेलेका कारण देशको शिर उँचो भएको बताए।
राससका अनुसार युएईमाथि प्राप्त जितले नेपाल तालिकाको तेस्रो स्थानमा रहेर विश्वकप छनोटमा पुगेको छ । यसअघि सङ्घीय सरकारका तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रति खेलाडी रु तीन लाखका दरले पुरस्कार दिने घोषणा गरेका छन् ।
क्याटेगोरी : बागमती प्रदेश
ताजा अपडेट
- लक्ष्यअनुसार उठेन विमानस्थल भन्सार राजस्व
- राष्ट्रियसभाका अध्यक्ष र बेलायतका लेबर पार्टीका सांसदबीच भेट
- जसपाद्वारा उपराष्ट्रपति यादवको राजीनामा स्वीकृत
- स्ववियु निर्वाचन : कर्णालीमा २४ क्याम्पसको नतिजा सार्वजनिक
- उपराष्ट्रपति यादवद्वारा पदबहाली
- सरकार शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउने प्रयासमा छ : प्रधानमन्त्री
- प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिंदै
- चितवन २ को उपनिर्वाचनका लागि कांग्रेसबाट ११ जना उम्मेदवारको सिफारिस
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
तपाईको प्रतिक्रिया