Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारगण्डकी प्रदेशकोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त

कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त


विराटनगर । कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा झापा विर्तामोड निवासी डा. राजेन्द्र अधिकारी नियुक्त भएका छन् । सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीले कोशी प्रदेश सरकार मन्त्रिपरिषद्को सोमबारको बैठकले डा. अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको जानकारी दिए ।

अधिकारीका अनुसार बैठकले मुख्यन्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०७९÷८० को वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने, कोशी प्रदेशसभा सदस्य भक्तिप्रसाद सिटौलालाई क्यानडा जान कूटनीतिक राहदानीका लागि प्रधानमन्त्री कार्यालयमा सिफारिस पठाउने निर्णय गरेको छ ।

साथै अधिकारीले वित्तीय हस्तान्तरणको सम्बन्धमा सोलुखुम्बुको दूधकुण्ड नगरपालिका सोलु, खाँदबारी नगरपालिका सङ्खुवासभा र ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा आप्रवासन केन्द्र स्थापना तथा सञ्चालनका लागि पाँच लाख दुई हजारका दरले रकम पठाउने निर्णय पनि सोमबारको बैठकमा भएको जानकारी दिए ।


क्याटेगोरी : गण्डकी प्रदेश

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x