Techie IT TFN
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारकर्णाली प्रदेशअध्यक्ष दाहालद्वारा दैलेखको भगवतीमाई गाउँपालिकालाई सम्मान

अध्यक्ष दाहालद्वारा दैलेखको भगवतीमाई गाउँपालिकालाई सम्मान


दैलेख । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ७५३ स्थानीय तहमध्ये उत्कृष्ट ‘छ’ मा पर्न सफल दैलेखको भगवतीमाई गाउँपालिकालाई सम्मान गरेका छन् ।

अध्यक्ष दाहालले भगवतीमाई पालिकाका प्रमुख गणेशबहादुर थापा र उपाध्यक्ष मीना थापालाई सम्मान गरेका हुन् । अध्यक्ष थापा माओवादी केन्द्रबाट निर्वाचित हुन भने उपाध्यक्ष थापा नेपाली कांग्रेसबाट निर्वाचित हुन ।

अध्यक्ष दाहालले कर्मचारीतर्फ नायब सुब्बा (नासु) प्रेमबहादुर खड्कालाई समेत पालिकामा उल्लेखनीय कार्यसम्पादन गरेबापत उक्त सम्मान प्रदान गरेका हुन् । उक्त अवसरमा स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका नेता, कर्मचारी, नागरिक समाज तथा सर्वसाधारणको उपस्थिति रहेको थियो ।


क्याटेगोरी : कर्णाली प्रदेश, गाउँ पालिका

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

धेरैले पढेको

0
Would love your thoughts, please comment.x
()
x