मुख्यमन्त्रीको छड्के जाँचमा अस्पतालमा चिकित्सक भेटिएनन्
जलेश्वर । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले महोत्तरी सदरमुकाम जलेश्वरमास्थित प्रादेशिक अस्पतालमा छड्के जाँच गर्दा चिकित्सक अनुपस्थित रहेको पाइएको छ ।
जलेश्वर अस्पताललाई सधैँ ‘रेफर’ अस्पतालका रुपमा सुनिँदैै आएको र चिकित्सक ‘अनकल’ (फोन गरेपछि मात्रै आउने) मा रहने गरेको सुनिँदै आएको जानकारी प्राप्त गरेको आधारमा उनी आइतबार राति छड्के जाँच तथा निरीक्षण गर्न अस्पताल पुगेका थिए । निरीक्षणको क्रममा ‘इमरजेन्सी’ (आकस्मिक) वार्डमा चिकित्सक अनुपस्थित हुनाका साथै कुन चिकित्सकको ‘ड्युटी’सम्बन्धी ‘चार्ट’ नदेखिएको उनले राससलाई जानकारी दिए ।
अन्य स्वास्थ्यकर्मी पनि न्यून सङ्ख्यामा उपस्थित रहेको मुख्यमन्त्रीले सिंहले बताए । उनले जलेश्वर अस्पतालमा चिकित्सक तथा सम्बन्धित स्वास्थ्यकर्मीकै उदासीनताले गुणस्तरीय सेवा बिरामीले प्राप्त गर्न नसकेको बताए ।
अस्पतालमा छड्के निरीक्षण गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मुख्यमन्त्री सिंहले अबदेखि अस्पतालमा ड्युटीमा रहेका प्रत्येक चिकित्सकले आफ्नो ड्युटी अवधिभर अस्पतालमै बस्न निर्देशन दिएको बताए । उनले अस्पतालमा ड्युटी रहेको बेला निजी ‘क्लिनिक’ वा अन्य अस्पतालमा जाने चिकित्सकलाई कारबाही गरिने जानकारी दिए ।
“व्यक्तिगत जीवन सबैको हुन्छ, अस्पतालको ड्युटी सकेर चिकित्सकहरु पनि त्यसपछि कहीँ, कतै जान पाउनुहुन्छ”, मुख्यमन्त्री सिंहले भने, “तर स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा लापरबाही गर्न कसैलाई छुट छैन ।”
उनले अबदेखि चिकित्सक र स्वास्थ्यकर्मी सबै नियमित उपस्थित हुनुपर्ने, सरसफाइ तथा अस्पतालका सबै क्षेत्रको व्यवस्थापन मापदण्डबमोजिम गरिनुपर्ने र अस्पतालको क्षमताबमोजिम बिरामीको सङ्ख्या रहनुपर्नेमा जोड दिए ।
क्याटेगोरी : मधेश प्रदेश
ताजा अपडेट
- विश्व बैंकका उच्च अधिकारी र उपप्रधानमन्त्री सिंहबीच भेटवार्ता
- राष्ट्रसङ्घको महासभामा भाग लिने विषयमा प्रधानमन्त्रीद्वारा सदनलाई जानकारी
- नवप्रवर्तन र प्रविधिको विकास सरकारको प्राथमिकतामा: मन्त्री दाहाल
- इन्द्रजात्राको अवसरमा कन्या कुमारीहरुको सामूहिक पूजा सम्पन्न
- पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा कार्की निर्वाचित
- ‘नेपाली वस्तुको तेस्रो मुलुकमा निर्यात अत्यन्तै न्यून’
- सैंबु खानेपानी तथा उपभोक्ता समितिको अध्यक्षमा थापा
- नेपाल मेडिकल कलेजको अध्यक्षमा अन्सारी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया