Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारकोशी प्रदेशसुरक्षा गोष्ठी औपचारिकतामा मात्रै सीमित

सुरक्षा गोष्ठी औपचारिकतामा मात्रै सीमित


विराटनगर । विराटनगरको बिग होटलमा आयोजना गरिएको दुुई दिने कोशी प्रदेश सुुरक्षा गोष्ठी उपलब्धिविहीन भएको बताइएको छ । गृह मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेशको संयुक्तरूपमा आयोजना भएको गोष्ठीको आइतबार उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले उद्घाटन गरेका थिए ।

सुरक्षा गोष्ठी औपचारिकताका लागि मात्रै आयोजना गरिएको र सो गोष्ठीले ठोस कुनै पनि हासिल नगरेको एक उच्च पदस्थ कर्मचारी बताए । राजस्व चुुहावट तथा नियन्त्रण सम्बन्धमा निर्क्योल निकाल्ने कार्यक्रम रहेको भए पनि उपस्थित सबै तह र तप्काका कर्मचारीदेखि स्वयं सुुरक्षाकर्मी समेत आफ्नो क्षेत्रबाट भई रहेका राजस्व चुहावटका घटना डाकछोप गर्नेमा सीमित देखिएको उनको भनाइ छ । साथै, खुला सीमा नाकाका कारण तस्करी अनियन्त्रित भएको उनीहरूले बताएका थिए । सो गोष्ठीमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सीमा क्षेत्रमा हुने अवैध ओसारपसार, भन्सार छलि, राजस्व चुहावटजस्ता गतिविधि नियन्त्रण गर्न सबै जिम्मवार निकायहरूले आ–आफ्नो स्थानबाट सक्रियरूपमा जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए । उनले नागरिकलाई समस्या परेको बेला सबैभन्दा पहिला प्रहरी समक्ष पुग्ने र उनीहरूको गुनासो सुनुवाइ प्रहरीले गर्नुपर्ने बताए ।

गृहसचिव एकनारायण अर्यालले प्रदेशमा देखिएका सुरक्षा चुनौतीको निराकरण र समाधान गर्न जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूले आफ्नो अधिकारको प्रयोग गर्न कुनै बाधा व्यवधान नपर्ने बताए । मानव बेचबिखन, लागूऔषध ओसारपसारजस्ता गतिविधि नियन्त्रणमा सबै सरोकारवाला निकायहरूले मन, बचन र कर्मले काम गर्नुपर्नेमा उनले जोड दिए । यस्तै, उनले सेवाग्राहीको समस्या, गुनासोलाई सुनुवाई गरी समयमै समाधान गर्न समेत निर्देशन दिए ।

गोष्ठीमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले राज्यको आर्थिक, सामाजिक सुशासन, भौतिक पूर्वाधार र सांस्कृतिक विकास एवम् समृद्धिका निम्ति महत्वपूर्ण एवम् आधारभूत क्षेत्रको रूपमा रहेको सुरक्षा क्षेत्रलाई सक्षम, अब्बल र व्यावसायिकरूपमा विकसित गर्दै लैजान आवश्यक रहेको बताए । गोष्ठीबाट प्राप्त निर्देशनलाई अक्षरसः पालना गर्दै समग्र प्रदेशमा शान्ति सुव्यवस्था कायम राख्न थप सक्रियता एवम् रचनात्मक ढंगले आ–आफ्नो कार्यक्षेत्रमा अग्रसर रही कार्य सम्पादन गर्न उनले प्रदेश तथा जिल्ला प्रहरी प्रमुखहरूलाई निर्देशन समेत दिए ।

गोष्ठीमा नेपाली सेनाका बलाधिकृत रथी अशोकराज सिग्देल क्षेत्री, सशस्र प्रहरी महानिरीक्षक राजु अर्याल, मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, गृह मन्त्रालयका सह–सचिवहरू नारायण प्रसाद भट्टराई, डा भीष्म कुमार भुसाल र थानेश्वर गौतम तथा कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेललगायतले आफ्नो प्रस्तुति दिएका थिए ।


क्याटेगोरी : कोशी प्रदेश
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x