Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारकोशी प्रदेशपहिरोले पुरिएर एक मजदुरको मृत्यु, दुईजना घाइते

पहिरोले पुरिएर एक मजदुरको मृत्यु, दुईजना घाइते


खाँदबारी (सङ्खुवासभा) । पहिरोले पुरिएर सङ्खुवासभाको चिचिला गाउँपालिका–३ सोलाखानीमा एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।

अविरल वर्षापछि मङ्गलबार राति खसेको पहिरोमा परी अरुण तेस्रो जलविद्युत् आयोजनाका मजदुर बर्दियाका घोराभिट्टाका गङ्गाराम थारुको मृत्यु भएको र मकवानपुरका उमेश कार्की र गोविन्द थारू घाइते भएका प्रहरीले जनाएको छ । जलविद्युत् आयोजनाले कामदारका निम्ति निर्माण गरेका १४ वटा कोठामध्ये ३ वटा पुरिएका छन् । उनीहरू निदाएका बेला पहिरो खसेको थियो ।


क्याटेगोरी : कोशी प्रदेश

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x