घोराही सिमेन्टको सेयरमा पहिलो दिन नै नकारात्मक सर्किट
काठमाडौं । सेयरबजार आइतबार पनि बढेर बन्द भएको छ । कारोबार खुलेको केही समयपछि बढ्न थालेको बजार बन्द हुँदा १४ दशमलव ८१ अंकले बढेर दुई हजार ८० विन्दु पुगेको छ । मौद्रिक नीतिपछि लगातार घटेको बजार बुधबारयता बढ्नुले अब बजारले बढ्दो लय समाउने लगानीकर्ताले विश्लेषण गर्न थालेका छन् ।
मौद्रिक नीतिले बजारमैत्री व्यवहार नगरे पनि सूचीकृत कम्पनीहरूले गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरेका र अब लाभांश सिजन आउने भएकाले बजारमा माग पक्ष बलियो हुँदै जाने विश्लेषण लगानीकर्ताको छ । यहीकारण बजार बढ्ने अनुमान गरिएको छ । तर धेरै बैंक तथा वित्तीय संस्था यसवर्ष लाभांश वितरण गर्न सक्ने स्थितिमा छैनन् । यसले गर्दा बजारमा ठूलो वृद्धि आउने सम्भावना कम रहेको विश्लेषकहरू बताउँछन् ।
केही वाणिज्य बैंकहरूले सेयर कर्जामा नयाँ स्किम घोषणा गरेका छन् । यसको असर पनि बजारमा पर्ने देखिन्छ । अहिले बैंकहरूमा कर्जाको माग खासै नबढेकाले भदौमा ब्याजदर घटाउने सम्भावना पनि देखिन्छ । ब्याजदर घट्यो बने बजारमा सकारात्मक असर पार्छ ।
आइतबार कारोबारमा आएका दुई सय २५ कम्पनीमध्ये एक सय दुई कम्पनीको सेयरमूल्य बढ्दा जबारमा वृद्धि देखिएको छ । एक सय १८ कम्पनीको सेयरमूल्य घट्दा पाँच कम्पनीको स्थिर रहेको छ ।
बजार बढेसँगै तीन करोड एक लाख रुपैयाँ बराबरको ९७ लाख १८ हजार कित्ता सेयर किनबेच भएको छ । नेपाल इन्स्योरेन्स कम्पनीको ५८ करोड रुपैयाँ भन्दा बढीको संस्थापक सेयर बिक्री भएपछि कारोबार रम बढेको हो । लगानीकर्ताको सम्पत्ति ५५ अर्ब रुपैयाँले बढेको छ । बजार पुँजीकरण ३१ खर्ब १६ अर्ब रुपैयाँ पुगेको छ ।
बैंकिङ समूहमा आएको वृद्धिले बजार बढाएको देखिन्छ । बैंकिङ समूह एक दशमलव ०७ प्रतिशतले बढेको छ । त्यसपछि निर्जीवन बीमा समूह पनि दुई दशमलव २१ प्रतिशत बढेको छ । होटल तथा प्रशोधन समूह एक दशमलव ८७ प्रतिशत, विकास बैंक शून्य दशमलव ५५ प्रतिशत, जलविद्युत शून्य दशमलव ८२ प्रतिशत, लगानी शून्य दशमलव ४१ प्रतिशत, जीवन बीमा शून्य दशमलव ५१ प्रतिशतले बढेका छन् । फाइनान्स, उत्पादन तथा प्रशोधन, लघुवित्त र अन्य समूह घटेका छन् ।
यसदिन थ्री स्टार हाइड्रोपावर र गपर स्याङ्गे हाइड्रोपावर सकारात्मक सर्किट लेभलमा कारोाबार भएका छन् । माउन्टेन इनर्जीको सेयरमूल्य पनि नौ दशमलव ७४ प्रतिशतले बढेको छ । आइतबार पहिलोपटक कारोबारमा आएको घोराही सिमेन्टको सेयर कारोबार नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।
नेपाल इन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको कारोबार सर्वाधिक ५८ करोड ४५ लाख रुपैयाके भएको छ । त्यसपछि घोराही सिमेन्टको २३ करोड १५ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
क्याटेगोरी : शेयर बजार
ट्याग : #Page 1
ताजा अपडेट
- फुकोट कर्णालीको इआइए प्रतिवेदनमा सुझाव माग
- हेटौँडा सिमेन्ट उद्योगबाट आजदेखि पुनः उत्पादन सुरु
- सुमो चालक आचार्यको शव शङ्कास्पद अवस्थामा फेला
- १९औँ एसियाली खेलकुद : नेपालले महिला फुटबलमा बङ्लादेशसित बराबरी खेल्यो
- राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन
- सूचनाको हकलाई दुरुपयोग गर्न हुन्न : सभामुख घिमिरे
- नेपाल क्रिकेट: कीर्तिमानी ब्याटर दीपेन्द्र र कुशलको कहानी यस्तो !
- गोल्डेन ट्रायाङ्गल बाइक टुरका राइडरहरु पर्सा राष्ट्रिय निकुञ्जमा
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया