बजारको ‘साइडवेज’ प्रवृत्ति कहिलेसम्म ?
काठमाडौं । २०७९ असार १० यता सेयरबजार साइडवेज प्रवृत्तिमा छ । बजारको रेखाचित्रको प्रवृत्ति हेर्दा सो दिन १८ सय छ विन्दुमा झरेको थियो । तर, त्यसपछि तीन पटकसम्म सोही विन्दुुलाई परीक्षण गरेर माथि फर्किएको नेप्से अधिकतम २२ सय ७७ विन्दुसम्म पुगेको थियो । २०७९ पुस २६ गते नेप्से २२ सय ७७ विन्दुमा पुगेको छ । त्यसयता १४ महिनामा नेप्से साढे चार सय अंकभित्र तलमाथि गरिरहेको छ ।
यही कारण लगानीकर्ताले २२ सयको विन्दुुलाई माथिल्लो र १८ सयको विन्दुुलाई तल्लो मनोवैज्ञानिक रेखा मान्दै आएका छन् । यो अवधिमा वित्तीय क्षेत्रमा देखिएको लगानीयोग्य रकमको अभावले बजार प्रभावित भएको देखिन्छ । यसबाहेक नेपाल राष्ट्र बैंकले चालेका केही नीतिगत व्यवस्थालाई पनि बजार माथि जान नसक्नुको कारण मानिएकोे छ । खासगरी बजारमा सक्रिय लगानीकर्ताले बजार बढ्न नसक्नुमा राष्ट्र बैंकलाई बढी दोष दिनेगरेका छन् । तर, बजार ब्याजदरका कारण प्रभावित भएको देखिन्छ । बैंक तथा वित्तीय संस्थाको ब्याजदर गत आर्थिक वर्षमा १२ प्रतिशतसम्म पुगेको थियो । ब्याजदर बढ्दा सेयरबजार घट्छ भने घट्दा बढ्छ ।
अहिले पनि ब्याजदर उच्च भएका कारण बजार प्रभावित भएको विश्लेषण गरिएको छ । बैंक तथा वित्तीय संस्थाहरूले दिने ब्याजदरभन्दा सूचीकृत अधिकांश कम्पनीको लाभांश क्षमता कम भएपछि लगानीकर्ताले सेयर बिक्री बढाएका छन् । यही कारण केही दिनदेखि बजार दबाबमा परेको छ ।
यस साता नेप्से परिसूचक एक हजार नौ सय ९० विन्दुमा कायम भएको छ । सातामा चार कारोबार दिन बजार खुल्दा नेप्से २३ दशमलव ३५ अंकले घटेको छ । सातामा दुई हजार १३ दशमलव ९३ विन्दुबाट खुलेको बजार एक हजार नौ सय ९० विन्दुमा झरेको छ । बजारमा चलहपहल घटेपछि सातामा जम्मा चार अर्ब २४ करोडको कारोबार भएकोे छ । दैनिक औसत कारोबार एक अर्ब छ करोड रुपैयाँको भएको छ ।
बैंकर्स संघले स्थानीय तहको पैसा निक्षेपमा गणना गर्न नपाए ब्याजदरको वृद्धिदर नरोकिने संकेत गरेको छ । यसले बजारलाई थप दबाबमा पार्नसक्ने विश्लेषण गरिएको छ । अर्कोतर्फ सूचीकृत कम्पनीहरूले लाभांश घोषणा गर्ने सिजन आएकाले बजारमा ठूलो गिरावट आउने सम्भावना कम हुने रूपमा पनि हेरिएको छ । यद्यपि धेरै कम्पनीले कम दरमा लाभांश घोषणा गर्नसक्ने भएकाले बजारले सकारात्मक लय समाउने सम्भावना पनि कम देखिएको विश्लेषकहरू बताउँछन् ।
क्याटेगोरी : शेयर बजार
ट्याग : #Page 1
ताजा अपडेट
- फुकोट कर्णालीको इआइए प्रतिवेदनमा सुझाव माग
- हेटौँडा सिमेन्ट उद्योगबाट आजदेखि पुनः उत्पादन सुरु
- सुमो चालक आचार्यको शव शङ्कास्पद अवस्थामा फेला
- १९औँ एसियाली खेलकुद : नेपालले महिला फुटबलमा बङ्लादेशसित बराबरी खेल्यो
- राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन
- सूचनाको हकलाई दुरुपयोग गर्न हुन्न : सभामुख घिमिरे
- नेपाल क्रिकेट: कीर्तिमानी ब्याटर दीपेन्द्र र कुशलको कहानी यस्तो !
- गोल्डेन ट्रायाङ्गल बाइक टुरका राइडरहरु पर्सा राष्ट्रिय निकुञ्जमा
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया