दुई हजार बिन्दुबाट पुन ओर्लियो सेयर बजार
४२ अंकले घट्दा दुई अर्ब आठ करोडको सेयर खरिद–बिक्री
काठमाडौं । सेयर बजार परिसुचक दुई हजार बिन्दुबाट पुन झरेको छ । यसअघि लगातार घट्दै आएको सेयर बजार परिसुचक गत साता भने बढेर दुई हजार बिन्दुमा उक्लिएको थियो । तर साताको पहिलो कारोबार दिन आज आईतबार बजार परिसुचक ४२ दशमलव १४ अंकले ओरालो लागेपछि नेप्से पुन १९ सय ६४ दशमलव ९१ बिन्दुमा खुम्चिएको हो । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मान गर्ने सेन्सिटिभ इन्डेक्स पनि आठ दशमलव १२ अंकले ओरालो लागेर तीन सय ७८ दशमलव ६८ बिन्दुमा खुम्चिएको छ ।
धितोपत्र बजारमा आज दुई सय ७८ वटा कम्पनीहरुको ७२ हजार चार सय ७७ पटक सेयर किनबेच भएको छ । जसबाट आज ५६ लाख ५९ हजार चार सय ५८ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम दुई अर्ब दुई करोड ८४ लाख ६५ हजार छ सय १० रुपैंयाँ कायम भएको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज १३ वटा उपसमुहहरुको सेयर कारोबार भएका छन् । जसमध्ये बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा सहितका १३ वटै उपसमुहहरुको सुचक घटेर सेयर बजार पुरै रातो देखिएको छ ।
क्याटेगोरी : शेयर बजार
ताजा अपडेट
- पशुपति कोषका तत्कालीन र हालका सदस्य सचिव क्रमशःढकाल र थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- काठमाडौँ मेडिकल कलेजका डाक्टरलाई हातपात गर्ने दुई नियन्त्रणमा
- नेपालमा वैदेशिक लगानीको प्रतिबद्धता जनाउनेमा चीन अघिअघि, भारत पछिपछि
- एशियाली खेलकुद: के नेपाललाई क्रिकेटबाट पदकको आशा बढेको हो?
- सरकारी कर्मचारीलाई ध्यान र योग गर्न किन निर्देशन दिइयो?
- दोलखामा एक साता नबित्दै ११ किलो अबैध सुन बरामद
- नक्कली भारतीय नोटसहित अन्सारी पक्राउ
- पर्यटन प्रवर्द्धन नयाँ ढङ्गले गर्न जरूरी : मन्त्री किराती
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया