सेयर धितो कर्जा परिमार्जन हुने संकेत संगै बढ्यो सेयर बजार
एकैदिन ४४ अंकले उकालो लाग्दा तीन अर्ब २९ करोड रुपैयाँ भन्दा बढीको सेयर किनबेच
काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतको पटक पटकको आग्रहमा नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जामा हाल कायम रहेको १२ करोडको कर्जा सिमालाई परिमार्जन गर्न सक्ने संकेत दिए संगै सेयर बजारमा उछाल आएको छ । बुधबार अर्थमन्त्री डा. महत र गर्भनर महाप्रशाद अधिकारीबिचको भेटमा सेयर धितो कर्जा सम्वन्धी बिद्यमान व्यवस्थालाई परिमार्जन गर्ने संकेत गर्भनर अधिकारीले गरेका थिए ।
गर्भनर अधिकारीको सोही संकेतको सकारात्मक प्रभाव साताको अन्तिम कारोबार दिन अर्थात आज बिहिबारको सेयर बजारमा देखिएको छ । कारोबार खुलेलगत्तै बढन् थालेको बजार परिसुचक अन्तिम समयसम्म आईपुग्दा ४४ दशमलव ३४ अंकले उकालो लागेर दुई हजार २९ दशमलव ७८ बिन्दुमा कायम रहन सफल भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि सात दशमलव ५५ अंकले उकालो लागेर तीन सय ८८ दशमलव ७२ बिन्दुमा चढेको छ ।
धितोपत्र बजारमा आज दुई सय ७८ वटा कम्पनीहरुको एक लाख १९ हजार तीन सय ५९ पटक सेयर कारोबार भएको छ । जसबाट एक करोड १२ लाख ६४ हजार तीन सय नौं कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम तीन अर्ब २९ करोड ३९ लाख २१ हजार तीन सय ६८ रुपैंयाँ पुग्न सफल भएको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा १३ वटा उपसमुहहरुको सेयर कारोबार भएका छन् । जसमध्ये बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा सहितका १३ वटै उपसमुहहरुको सुचक उकालो लागेर सेयर बजार पुरै हरियो देखिएको छ ।
क्याटेगोरी : शेयर बजार
ताजा अपडेट
- एनसेल खरिदबिक्री सम्बन्धमा समितिले थाल्यो अध्ययन
- अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
- देशमा सुशासन कायम गर्न शान्ति समाजको जोड
- इजरायल र हमासबीच पुनः युद्धविरामका लागि प्रयास जारी रहेको कतारको भनाइ
- संसदीय सुनुवाइमा उजुरीकर्ता उपस्थित
- नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने अनुसन्धान अधिकृत बस्नेतविरुद्ध मुद्दा दर्ता
- विमानको आपतकालीन झ्यालको सिसा खस्यो
- दिगो पूर्वाधार विकासबाट मात्रै आर्थिक समृद्धि हासिल हुन्छ : मन्त्री ज्वाला
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया