काठमाडौं । सेयर बजार परिसुचक उकालो लागेको छ । अघिल्लो दिन ११ दशमलव २२ अंकले उकालो लागेको बजार पसिुचक साताको चौंथो कारोबार दिन आज बुधबार पाँच दशमलव १७ अंकले उकालो लागेर १८ सय ६३ दशमलव ९४ बिन्दुमा चढेको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि आज शुन्य दशमलव २१ अंकले उकालो लागेर तीन सय ५८ दशमलव ० बिन्दुमा चढेको छ ।
धितोपत्र बजारमा आज दुई सय ८८ वटा कम्पनीहरुको ३० हजार तीन सय ६४ पटक सेयर किनबेच भएको छ । जसबाट ३१ लाख ५७ हजार ६२ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम ७८ करोड २७ लाख ४३ हजार दुई सय ६४ रुपैंयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज १३ वटा उपसमुहहरुको सेयर कारोबार भएका छन् । जसमध्ये बाणिज्य बैंक, फाईनान्स, जीवन बीमा, उत्पादनमुलक, लघुवित्त, अन्य र ट्रेडिङ उपसमुहहरको सुचक उकालो लागेका छन् । बिकास बैंक, होटल तथा पर्यटन, निर्जीवन बीमा र लगानी उपसमुहको सुचक ओरालो लागेको छ भने सामुहिक लगानी कोष उपसमुहको सुचक स्थिर रहेको छ ।
क्याटेगोरी : शेयर बजार
ताजा अपडेट
- महिलाहरुलाई दिल्लीमा बेचबिखन गरेको अभियोगमा बाँकेकी एक महिला पक्राउ
- छुट्टाछुट्टै सवारी दुर्घटनाबाट सात जनाको मृत्यु
- विभिन्न ठाउँमा चार व्यक्ति मृत अवस्थामा फेला
- अध्यादेश जारी गरेर भएपनि भूमिहीनलाई जग्गा प्रदान गर्ने उपप्रधानमन्त्रीको प्रतिबद्धता
- विभिन्न ठाउँमा आगलागीबाट लाखौँको क्षति
- वायुसेवा निगमका कार्यकारी अध्यक्ष अधिकारीलाई लाई किन सोध्यो नेपाल नागरिक उड्डयन प्राधिकरणले सात दिने स्पष्टीकरण ?
- कोप–२८ मा प्रधानमन्त्रीको सम्बोधन: नेपालमाथिको अन्याय रोकिनुपर्छ
- सक्कली प्रहरीको फन्दामा नक्कली प्रहरी
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया