सेयर बजार १८ सय ५२ बिन्दुमा खुम्चियो
झण्डै १२ अंकले घट्दा ८३ करोड ६० लाखको सेयर खरिद बिक्री
काठमाडौं । सेयर बजार परिसुचक (नेप्से) ओरालो लागेको छ । अघिल्लो दिन पाँच दशमलव १७ अंकले उकालो लागेको बजार परिसुचक साताको अन्तिम कारोबार दिन आज बिहिबार ११ दशमलव ८५ अंकले ओरालो लागेर १८ सय ५२ दशमलव शुन्य आठ बिन्दुमा खुम्चिएको छ । क बर्गका कम्पनीहको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ३६ अंकले ओरालो लागेर तीन सय ५७ दशमलव शुन्य बिन्दुमा खुम्चिएको छ ।
धितोपत्र बजारमा आज दुई सय ८२ वटा कम्पनीहरुको सेयर खरिद बिक्री भएका छन् । जसबाट आज २७ हजार आठ सय ४५ पटकको कारोबारमा २८ लाख ३३ हजार सात सय ३१ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम ८३ करोड ६० लाख पाँच हजार छ सय ५६ रुपैंयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा आज १३ वटा उपसमुहहरुको सेयर कारोबार भएको छ । जसमध्ये बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, फाईनान्स, जीवन बीमा, निर्जीवन बीमा सहितका १३ वटै उपसमुहहरुको सुचक ओरालो लागेर सेयर बजार पुरै रातो भएको छ ।
क्याटेगोरी : शेयर बजार
ताजा अपडेट
- महिलाहरुलाई दिल्लीमा बेचबिखन गरेको अभियोगमा बाँकेकी एक महिला पक्राउ
- छुट्टाछुट्टै सवारी दुर्घटनाबाट सात जनाको मृत्यु
- विभिन्न ठाउँमा चार व्यक्ति मृत अवस्थामा फेला
- अध्यादेश जारी गरेर भएपनि भूमिहीनलाई जग्गा प्रदान गर्ने उपप्रधानमन्त्रीको प्रतिबद्धता
- विभिन्न ठाउँमा आगलागीबाट लाखौँको क्षति
- वायुसेवा निगमका कार्यकारी अध्यक्ष अधिकारीलाई लाई किन सोध्यो नेपाल नागरिक उड्डयन प्राधिकरणले सात दिने स्पष्टीकरण ?
- कोप–२८ मा प्रधानमन्त्रीको सम्बोधन: नेपालमाथिको अन्याय रोकिनुपर्छ
- सक्कली प्रहरीको फन्दामा नक्कली प्रहरी
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया