Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठशेयर बजार२१ सय बिन्दुमा नजिक पुग्यो बजार परिसुचक

२१ सय बिन्दुमा नजिक पुग्यो बजार परिसुचक

कुल कारोबार रकम पाँच अर्ब ८५ करोड रुपैंयाँ नाघ्यो


काठमाडौं । सेयर बजार परिसुचक नेप्से २१ सय बिन्दु नजिक पुगेको छ । अघिल्लो दिन ४५ दशमलव ६९ अंकले उकालो लागेको बजार परिसुचक (नेप्से) साताको दोस्रो कारोबार दिन आज सोमबार पुन २७ दशमलव ५४ अंकले उकालो लागेर दुई हजार ९२ बिन्दुमा चढेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ पनि सात दशमलव ३१ अंकले उकालो लागेर तीन सय ७४ दशमलव शुन्य सात अंकमा पुगेको छ ।

धितोपत्र बजारमा आज तीन सय १५ वटा कम्पनीहरुको ८० हजार नौं सय ८२ वटा कम्पनीहरुको सेयर खरिद बिक्री भएका छन् । जसबाट कुल एक करोड ४३ लाख ७० हजार छ सय ८९ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम पाँच अर्ब ८५ करोड ४३ लाख ५४ हजार दुई सय १२ रुपैंयाँ पुगेको छ ।

धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको सेयर खरिद बिक्री भएका छन् । जसमध्ये फाईनान्स, जीवन बीमा, निर्जीवन बीमा, उत्पादनमुलक र लघुवित्त उपसमुहहरुको ओरालो लागेपनि बाणिज्य बैंक, बिकास बैंक, जलबिद्युत, होटल तथा पर्यटन, लगानी, सामुहिक लगानी कोष, अन्य र व्यापार उपसमुहहरुको सुचक भने उकालो लागेका छन् ।


क्याटेगोरी : शेयर बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x