Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठशेयर बजार२१ सय १२ बिन्दुमा खुम्चियो सेयर बजार

२१ सय १२ बिन्दुमा खुम्चियो सेयर बजार

एकै दिन छ अर्ब ४४ करोड भन्दा बढीको सेयर किनबेच


काठमाडौं । सेयर बजार परिसुचक ओरालो लागेको छ । अघिल्लो दिन छ दशमलव ३७ अंकले उकालो लागेको बजार परिसुचक नेप्से साताको अन्तिम कारोबार दिन आज बिहिबार भने नौं दशमलव ३२ अंकले ओरालो लागेर २१ सय १२ दशमलव २९ बिन्दुमा खुम्चिएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ७२ अंकले ओरालो लागेर तीन सय ७४ दशमलव १८ बिन्दुमा खुम्चिएको छ ।

धितोपत्र बजारमा आज तीन सय १३ वटा कम्पनीहरुको ७७ हजार चार सय पटक सेयर किनबेच भएको छ । जसबाट एक करोड ४२ लाख ९४ हजार सात सय १२ कित्ता सेयर किनेबच हुँदा कुल कारोबार रकम छ अर्ब ४४ करोड ३० लाख २९ हजार दुई सय आठ रुपैंयाँ कायम भएको छ ।

धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको सेयर कारोबार भएका छन् । जसमध्ये बिकास बैंक र फाईनान्स उपसमुहहरुको सुचक उकालो लागेका छन् भने बाणिज्य बैंक, जलबिद्युत, जीवन बीमा, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।


क्याटेगोरी : शेयर बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x