Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठशेयर बजारदोहोरो अंकले ओर्लियो सेयर बजार

दोहोरो अंकले ओर्लियो सेयर बजार

होटल तथा पर्यटन बाहेक सबै उपसमुह रातै


काठमाडौं । सेयर बजार परिसुचक नेप्से दोहोरो अंकले ओरालो लागेको छ । साताको पहिलो कारोबार दिन आज आईतबार बजार परिसुचक १७ दशमलव शुन्य चार अंकले ओरालो लागेर दुई हजार ९५ दशमलव २५ बिन्दुमा खुम्चिएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव २५ अंकले ओरालो लागेर तीन सय ७० दशमलव ९३ बिन्दुमा झरेको छ ।

धितोपत्र बजारमा आज तीन सय १७ वटा कम्पनीहरुको ७१ हजार नौं सय ९७ पटकको कारोबारमा एक करोड ३२ लाख २३ हजार आठ सय ८४ कित्ता सेयर खरिद बिक्री भएका छन् । जसबाट आज कुल कारोबार रकम पाँच अर्ब ४७ करोड २२ लाख ५३ हजार पाँच सय ५१ रुपैंयाँ कायम भएको छ ।

धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको सेयर कारोबार भएका छन् । जसमध्ये होटल तथा पयर्टन उपसमुहहरुको सुचक उकालो लागेको छ भने बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा सहितका १२ वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।


क्याटेगोरी : शेयर बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x