Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठशेयर बजार२२ सय बिन्दुमा उक्लियो सेयर बजार

२२ सय बिन्दुमा उक्लियो सेयर बजार

नेप्से परिसुचक २९ अंकले बढ्दा सात अर्बको सेयर किनबेच


काठमाडौं । सेयर बजार परिसुचक २२ बिन्दुमा चढेको छ । अघिल्ले दिन २३ दशमलव २५ अंकले उकालो लागेको बजार परिसुचक नेप्से साताको अन्तिम कारोबार दिन आज बिहिबार २९ दशमलव २१ अंकले उकालो लागेर २२ सय चार दशमलव ६१ बिन्दुमा चढेको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव ९० अंकले उकालो लागेर तीन सय ९१ दशमलव ६६ बिन्दुमा चढेको छ ।

धितोपत्र बजारमा आज तीन सय ३१ वटा कम्पनीहरुको ८७ हजार ८६ पटक सेयर किनबेच भएको छ । जसबाट दुई करोड दुई लाख ३७ हजार सात सय ८० कित्ता सेयर किनबेच भएकोमा कुल कारोबार रकम सात अर्ब आठ करोड छ लाख ९८ हजार एक सय ४६ रुपैंयाँ कायम भएको छ ।

धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको सेयर कारोबार भएका छन् । जसमध्ये लघुवित्त र व्यापार उपसमुहको सुचक ओरालो लागेपनि बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, सामुहिक लगानी कोष र अन्य उपसमुहहरुको सुचक उकालो लागेका छन् ।


क्याटेगोरी : शेयर बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x