बजार परिसुचक २४ सय ८८ बिन्दुमा
दुई अंकले उकालो लाग्दा १३ अर्ब ९१ करोडको शेयर खरिद बिक्री
काठमाडौं, शेयर बजार परिसुचक नेप्से २५ सय बिन्दु नजिक पुगेको छ । अघिल्लो दिन झण्डै ६२ अंकंले उकालो लागेको नेप्से परिसुचक साताको दोस्रो कारोबार दिन आज सोमबार दुई दशमलव १५ अंकले उकालो लागेर २४ सय ८८ दशमलव शुन्य नौं बिन्दुमा कायम रहेको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स भने आज शुन्य दशमलव ८९ अंकले ओरालो लागेर चार सय ४८ दशमलव ७९ बिन्दुमा खुम्चिएको छ ।
धितोपत्र बजारमा आज तीन सय नौं वटा कम्पनीहरुको एक लाख ७० हजार पाँच सय ५९ कित्ता शेयर खरिद बिक्री भएका छन् । सो अनुसार आज तीन करोड ९७ लाख ५४ हजार सात सय ११ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम १३ अर्ब ९१ करोड ५५ लाख ३५ हजार चार सय ४० रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये बाँणिज्य बैंक, बिकास बैंक, निर्जीवन बीमा, पर्यटन, लगानी र लघुवित्त सहितका छ वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् भने फाईनान्स, जलबिद्युत, जीवन बीमा, उत्पादनमुलक, सामुहिक लगानी कोष, अन्य र व्यापार सहितका सात वटा उपसमुहहरुको सुचक उकालो लागेका छन् ।
क्याटेगोरी : शेयर बजार
ताजा अपडेट
- पर्वत अस्पतालमा डेङ्गी सङक्रमण बढ्दा शय्या अभाव
- ‘सबैका घरघरमा एक वर्ष भित्र विद्युत् पुर्याइने’
- एकादशी र औँसीमा पशुपक्षी बध गर्न नपाइने
- जाम्बियाले नेपालको खानी उत्खननमा सहकार्य गर्ने
- राजनीतिमा शुद्धीकरण गर्नु अत्यन्त जरुरी छ: मन्त्री गुरुङ
- एमाले सचिवालय बैठक ३ बजे देखि सुरू
- भारतीय कम्युनिस्ट नेता सीताराम येचुरीको निधन
- ईसीबीले ब्याजदरमा कटौती गर्ने सङ्केत
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया