शेयरबजारमा उछाल
९४ अंकले उकालो लाग्दा २५ अर्ब ७७ करोडको शेयर खरिद बिक्री
काठमाडौं । शेयर बजारमा उछाल आएको छ । साताको पहिलो कारोबार दिन आज आईतबार बजार परिसुचक नेप्से ९४ दशमलव ५३ अंकले उकालो लागेर २८ सय ६० दशमलव ९१ बिन्दुमा चढेको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि १८ दशमलव २३ अंकले उकालो लागेर पाँच सय एक दशमलव ९१ बिन्दुमा चढेको छ ।
धितोपत्र बजारमा तीन सय ३० वटा कम्पनीहरुको दुई लाख ७५ हजार दुई सय सात वटा कम्पनीहरुको शेयर खरिद बिक्री भएका छन् । जसबाट छ करोड तीन लाख २१ हजार तीन सय २३ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम २५ अर्ब ७७ करोड ९४ लाख ५३ हजार पाँच सय नौं रुपैंयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका १३ वटै उपसमुहहरुको सुचक उकालो लागेर शेयर बजार परिसुचक पुरै हरियो भएको छ ।
क्याटेगोरी : शेयर बजार
ताजा अपडेट
- पर्वत अस्पतालमा डेङ्गी सङक्रमण बढ्दा शय्या अभाव
- ‘सबैका घरघरमा एक वर्ष भित्र विद्युत् पुर्याइने’
- एकादशी र औँसीमा पशुपक्षी बध गर्न नपाइने
- जाम्बियाले नेपालको खानी उत्खननमा सहकार्य गर्ने
- राजनीतिमा शुद्धीकरण गर्नु अत्यन्त जरुरी छ: मन्त्री गुरुङ
- एमाले सचिवालय बैठक ३ बजे देखि सुरू
- भारतीय कम्युनिस्ट नेता सीताराम येचुरीको निधन
- ईसीबीले ब्याजदरमा कटौती गर्ने सङ्केत
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया