Techie IT TFN
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठशेयर बजारदोहोरो अंकले उक्लियो शेयर बजार

दोहोरो अंकले उक्लियो शेयर बजार


काठमाडौं । शेयर बजार परिसुचक नेप्से दोहोरो अंकले उकालो लागेको छ । अघिल्लो दिन २७ दशमलव ६४ अंकले ओरालो लागेको नेप्से परिसुचक साताको चौंथो कारोबार दिन आज बुधबार १२ दशमलव १७ अंकले उकालो लागेर २६ सय सात दशमलव ४२ बिन्दुमा चढेको छ ।

क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव १४ अंकले उकालो लागेर चार सय ५३ दशमलव ६० बिन्दुमा चढेको छ । धितोपत्र बजारमा आज तीन सय १२ वटा कम्पनीहरुको ४२ हजार आठ सय ७९ पटककको कारोबारमा ९२ लाख १८ हजार आठ सय १० कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा कुल कारोबार रकम चार अर्ब ६८ करोड १९ लाख २२ हजार आठ सय १४ रुपैंयाँ कायम भएको छ ।

धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये होटल तथा पर्यटन र सामुहिक लगानी कोष उपसमुहको सुचक ओरालो लाग्दा बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा सहितका ११ वटा उपसमुहहरुको सुचक उकालो लागेकाछन् ।


क्याटेगोरी : शेयर बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

धेरैले पढेको

0
Would love your thoughts, please comment.x
()
x