Techie IT TFN
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठशेयर बजारझिनो अंकले बढ्यो नेप्से

झिनो अंकले बढ्यो नेप्से


काठमाडौं । शेयर बजारमा झिनो अंकले सुधार देखिएको छ । यसअघि लगातार ओरालो लागेको बजार परिसुचक नेप्से साताको तेस्रो कारोबार दिन आज मंगलबार तीन दशमलव २१ अंकले उकालो लागेर २५ सय ६५ दशमलव १६ बिन्दुमा चढेको छ ।

क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स भने शुन्य दशमलव १९ अंकले ओरालो लागेर चार सय ४४ दशमलव ३७ बिन्दुमा खुम्चिएको छ । आज तीन सय २७ वटा कम्पनीहरुको ५५ हजार छ सय ३२ पटकको कारोबारमा ७९ लाख ४७ हजार ५८ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा कुल कारोबार रकम तीन अर्ब ६२ करोड ६१ लाख ७५ हजार एक सय १० रुपैंयाँ कायम भएको छ ।

धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएकाछन् । जसमध्ये बाणिज्य बैंक, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, उत्पादनमुलक, सामुहिक लगानी कोष र व्यापार उपसमुहको सुचक उकालो लागेका छन् भने बिकास बैंक, फार्ईनान्स, होटल तथा पर्यटन, लगानी, लघुवित्त र अन्य उपसमुहको सुचक ओरालो लागेका छन् ।


क्याटेगोरी : शेयर बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

धेरैले पढेको

0
Would love your thoughts, please comment.x
()
x