काठमाडौं । सेयर बजार परिसुचक पुन ओरालो लागेको छ । अघिल्लो दिन एक दशमलव ८५ अंकले उकालो लागेको बजार परिसुचक साताको चौंथो कारोबार दिन आज बुधबार १४ दशमलव ४४ अंकले ओरालो लागेर १९ सय ३८ दशमलव ६२ बिन्दुमा झरेको छ ।
यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव शुन्य तीन अंकले ओरालो लागेर तीन सय ६५ दशमलव २९ बिन्दुमा झरेको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय ५३ वटा कम्पनीहरुको सेयर खरिद बिक्री भएका छन् । जसबाट २५ हजार चार सय ९१ पटकको कारोबारमा ३७ लाख १६ हजार छ सय ८४ कित्ता सेयर किनबेच भएका छन् । सोही किनबेचका आधारमा आज कुल कारोबार रकम एक अर्ब २० करोड २१ लाख ४१ हजार आठ सय ८२ रुपैंयाँ कायम भएको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएका कुल १३ वटा उपसमुहहरु मध्ये ट्रेडिङ उपसमुहको सुुचक १० दशमलव ५७ अंकले उकालो लागेर बाँकी उपसमुहहरुको सुुचक ओरालो लागेका छन् ।
क्याटेगोरी : शेयर बजार
ताजा अपडेट
- ‘राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्नु गलत थियो ?
- चियाको पहिलो टिपाइ सुरु
- लक्ष्यअनुसार उठेन विमानस्थल भन्सार राजस्व
- राष्ट्रियसभाका अध्यक्ष र बेलायतका लेबर पार्टीका सांसदबीच भेट
- जसपाद्वारा उपराष्ट्रपति यादवको राजीनामा स्वीकृत
- स्ववियु निर्वाचन : कर्णालीमा २४ क्याम्पसको नतिजा सार्वजनिक
- उपराष्ट्रपति यादवद्वारा पदबहाली
- सरकार शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउने प्रयासमा छ : प्रधानमन्त्री
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
तपाईको प्रतिक्रिया