काठमाडौं । सेयरबजार सकारात्मक लयमा फर्किने संकेत देखिएको छ । अघिल्लो साता लगातार घटेको बजार सोमबार हरियो बनेको थियो । मंगलबार पनि नेप्से दोहोरो अंकले बढेकाले बजार सकारात्मक लयमा फर्किने संकेत मिलेको हो । नेप्से परिसूचक १२ दशमलव ४१ अंकले बढेर एक हजार नौ सय १८ दशमलव ४१ विन्दुमा पुगेको छ । रेखाचित्र विश्लेषणले पनि १९ सयको बलियो मनोवैज्ञानिक रेखालाई ‘ब्रेक’ गरेर धेरै दिन तल बस्न नसकेकाले केही माथि जानसक्ने विश्लेषण गरिएको छ ।
‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ परिसूचक दुई दशमलव ४९ अंकले बढेर तीन सय ६० दशमलव ५२ विन्दुमा पुगेको छ । साधारण सेयरको कारोबार मापन गर्ने परिसूचक फ्लोट इन्डेक्स शून्य दशमलव आठ अंकले बढेर एक सय ३४ दशमलव २९ विन्दुमा पुगेको छ । सेन्सिटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ७८ अंकले बढेर एक सय १९ दशमलव ९५ विन्दुमा बन्द भएको छ ।
सोमबार र मंगलबार बजार सकारात्मक देखिए पनि बजार बढ्नेमा अर्थमन्त्री नियुक्तिसँग भरपर्ने कतिपय लगानीकर्ताहरुको बुझाइ छ ।
अर्थमन्त्रीको आचरण बजारप्रति सकारात्मक भए बजार बढ्नेमा धेरै लगाानीकर्ता आशावादी देखिएका छन् । यसबाहेक बैंकहरुको खराब कर्जा बढ्न नदिन गभर्नर महाप्रसाद अधिकारीले चासो देखाएकाले पनि बजार सकारात्मक लयमा फर्कनसक्ने विश्वास लगानीकर्ताहरुको छ । गभर्नर अधिकारीले सोमबार साँझ वाणिज्य बैंकका प्रमुख कार्यकारीहरुसँग समस्या बुझ्ने भन्दै डिनर मिटिङ गरेकाले पनि धेरै लगानीकर्ता विश्वस्त देखिन्छन् ।
मंगलबार कारोबार रकममा पनि सुधार देखिएको छ । सोमबार एक अर्ब ३८ करोडको कारोबार भएकामा मंगलबार बढेर एक अर्ब ४४ करोड ३७ लाख रुपैयाँ पुगेको छ । लगानीकर्ताको सम्पत्ति पनि १८ अर्ब रुपैयाँले बढेको छ । बजार पुँजीकरण २७ खर्ब ७८ अर्ब ९३ करोड रुपैयाँ कायम भएको छ ।
कारोबारमा आएका दुई सय १६ कम्पनीमध्ये एक सय ४२ को सेयर मूल्य बढेको छ । ६७ वटाको घटेको छ भने ७ वटाको स्थिर रहेको छ ।
सुपरमाई हाइड्रोपावर, श्रीजनशील लघुवित्त र एसियन हाइड्रोपावर कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । महिला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य आठ दशमलव ९२ प्रतिशतले बढेको छ । आईएमई जनरल इन्स्योरेन्सको सेयर कारोबार सर्वाधिक छ करोड १५ लाख रुपैयाँको भएको छ । सेयर मूल्य घट्ने कम्पनीहरुमध्ये सबैभन्दा अगाडि तेह्रथुम पावर कम्पनी रहेको छ । यस कम्पनीको सेयर मूल्य तीन दशमलव १७ प्रतिशतले घटेको छ ।
बजार बढे पनि विकास बैंक, फाइनान्स र निर्जीवन बीमा समूहका सूचकहरु घटेका छन् । बाँकी १० वटा समूहका सूचक बढेका छन् । सर्वाधिक बढ्नेमा लघुवित्त समूह तीन दशमलव ४८ प्रतिशत छ । त्यसपछि म्युचुअल फण्ड दुई दशमलव ५५ प्रतिशत, उत्पादन तथा प्रशोधन एक दशमलव ८६, व्यापार एक दशमलव शून्य सात, लगानी शून्य दशमलव ९७, अन्य शून्य दशमलव ५३, होटल तथा पर्यटन शून्य दशमलव ४४, बैंकिङ शून्य दशमलव ३१, जीवन बीमा शून्य दशमलव ३१ र जलविद्युत् शून्य दशमलव २५ प्रतिशतले बढेका छन् ।
क्याटेगोरी : शेयर बजार
ट्याग : #Page 1
ताजा अपडेट
- सर्वोच्च अदालतमा नागरिकता विधेयक खारेजीको माग
- सिटिइभिटीका कर्मचारी खोज्न सशस्त्र प्रहरीको गोताखोर परिचालन
- स्वास्थ्यमन्त्रीद्वारा विपन्न र असहायको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारबाही
- भारतीय दूतावास अगाडि युवा संगठनको विरोध प्रदर्शन
- नक्कली ‘वर्क पर्मिट’ बनाएर ठगी गर्ने गिरोहसँग सावधान
- पाँच वर्षमा हुने संसारीमाईको सप्ताहव्यापी महापूजा सुरु
- देउवाले गरेका पार्टी हित विपरीतका निर्णय सहेर नबस्ने : गगन थापा
- सुनकोशी नदीमा बेपत्ता तीनको पहिचान खुल्यो
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया