Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठशेयर बजारपाँच दिनमा लगानीकर्ताको सम्पत्ति एक खर्बले बढ्यो

पाँच दिनमा लगानीकर्ताको सम्पत्ति एक खर्बले बढ्यो


काठमाडौं,डेढ महिनादेखिको निरन्तरको गिरावटमा ब्रेक लागेर गत साताको मंगलबार सेयरबजारले रङ्ग फे¥यो । त्यसपछिको पाँचै कारोबार दिन बजार हरियो बनेर बन्द भएको छ । यो पाँच दिनमा बजार ७३ अंकले बढेको छ । यो अवधिमा लगानीकर्ताको सम्पत्ति एक खर्ब सात अर्ब ६८ करोड रुपैयाँले बढेको छ । बजार पुँजीकरण २७ खर्ब ५९ अर्बमा कायम भएको छ ।

बैंकमा तरलता बढ्दै गएकोले ब्याजदर घट्ने सम्भावना देखिएपछि बजार सकारात्मक बनेको विश्लेषण गरिएको छ । सोमबार पनि बजार मापक सूचक नेप्से आठ दशमलव एक अंकले बढेर एक हजार आठ सय ९१ दशमलव ३१ विन्दुमा कायम भएको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ परिसूचक पनि शून्य दशमलव ५४ अंकले बढेर तीन सय ५८ दशमलव ८८ विन्दुमा कायम भएको छ । साधारण सेयरको कारोबार मापन गर्ने फ्लोट सूचक पनि शून्य दशमलव ५३ अंकले बढेर एक सय ३२ दशमलव २४ विन्दुमा र सेन्सिटिभ फ्लोट सूचक शून्य दशमलव शून्य एक अंकले बढेर एक सय १९ दशमलव चार विन्दुमा कायम भएको छ ।

सोमबार एक अर्ब २७ करोड ८७ लाख रुपैयाँबराबरको ३४ लाख ९५ हजार सात सय ५२ कित्ता सेयर किनबेच भएको छ । यसदिन मात्रै लगानीकर्ताको सम्पत्ति करिब १२ अर्ब रुपैयाँले बढेको छ ।

कारोबारमा आएका एक सय २१ कम्पनीको सेयरमध्ये एक सय ३३ वटाको मूल्य बढ्दा बजारमा सकारात्मक माहोल बनेको हो । बजार बढे पनि ७८ कम्पनीका सेयरधनीले गुमाएका छन् भने १० वटाको सेयरमूल्य स्थिर रहेको छ ।
१३ उपसमूहमध्ये व्यापार र बैंकिङबाहेक सबै उपसमूह बढेका छन् । नेप्सेका अनुसार व्यापार शून्य दशमलव ९९ प्रतिशत र बैंकिङ शून्य दशमलव शून्य दुई प्रतिशतले घटेको छ । सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समूह दुई दशमलव ४४ प्रतिशतले बढेको छ । त्यसपछि होटल तथा प्रशोधन समूह एक दशमलव ५२ प्रतिशत, जीवन बीमा शून्य दशमलव ९३, फाइनान्स शून्य दशमलव ८३, निर्जीवन बीमा शून्य दशमलव ८२, जलविद्युत् र म्युचुअल फन्ड शून्य दशमलव छ, लघुवित्त शून्य दशमलव ५३, विकास बैंक शून्य दशमलव तीन, लगानी शून्य दशमलव २६ र अन्य शून्य दशमलव शून्य चार प्रतिशतले बढेका छन् ।

यसदिन पनि आत्मनिर्भर लघुवित्तको सेयर कारोबार सकारात्मक सर्किट लेभलमा भएको छ । बजार बन्द हुँदा लघुवित्तको सेयरमूल्य १० प्रतिशतले बढेको छ । यसपछि युनिलिभरको सेयरमूल्य सात दशमलव शून्य एक प्रतिशतले बढेको छ ।
सबैभन्दा धेरै सेयरमूल्य घट्नेमा ग्रीन लाइफ हाइड्रोपावर कम्पनी रहेको छ । यो कम्पनीको सेयरमूल्य सात दशमलव ३७ प्रतिशतले घटेको छ ।

शिवम् सिमेन्टको सबैभन्दा धेरै सात करोड ३५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । त्यसपछि सोल्टी होटलको छ करोड १८ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।


क्याटेगोरी : शेयर बजार


तपाईको प्रतिक्रिया