सेयर बजारमा देखियो उछाल
५१ अंकले उकालो लाग्दा दुई अर्ब २० करोड रुपैंयाँ भन्दा बढीको कारोबार
काठमाडौं,सेयर बजारमा उछाल देखिएको छ । साताको सुरुवाती कारोबार दिन देखि नैं उकालो लागेको बजार परिसुचक साताको तेस्रो कारोबार दिन आज मंगलबार पुन ५१ दशमलव ३१ अंकले उकालो लागेर १९ सय ४२ दशमलव ६३ बिन्दुमा कायम रहन सफल भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि आठ दशमलव ८३ अंकले उकालो लागेर तीन सय ६७ दशमलव ७२ बिन्दुमा कायम रहन सफल भएको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज १३ वटा उपसमुमहरु अन्र्तगत दुई सय ७१ वटा कम्पनीहरुको सेयर खरिद बिक्री भएका छन् । जसबाट ३८ हजार सात सय ९६ पटकको कारोबारमा ६० लाख ६७ हजार चार सय ३२ कित्ता सेयर किनबेच भएका छन् । सोही किनबेचका आधारमा आज कारोबार रकम दुई अर्ब २० करोड २३ हजार नौं सय ४५ रुपैंयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको कारोबार भएकोमा बाँणिज्य बैंक, बिकास बैक, जलबिद्युत, फाईनान्स, जीवन बीमा, निर्जिवन बीमा सहितका १३ वटै समुहहरुको सुचक उकालो लागेर सेयर बजार परिसुचक पुरै हरियो भएको छ ।
क्याटेगोरी : शेयर बजार
ताजा अपडेट
- सर्वोच्च अदालतमा नागरिकता विधेयक खारेजीको माग
- सिटिइभिटीका कर्मचारी खोज्न सशस्त्र प्रहरीको गोताखोर परिचालन
- स्वास्थ्यमन्त्रीद्वारा विपन्न र असहायको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारबाही
- भारतीय दूतावास अगाडि युवा संगठनको विरोध प्रदर्शन
- नक्कली ‘वर्क पर्मिट’ बनाएर ठगी गर्ने गिरोहसँग सावधान
- पाँच वर्षमा हुने संसारीमाईको सप्ताहव्यापी महापूजा सुरु
- देउवाले गरेका पार्टी हित विपरीतका निर्णय सहेर नबस्ने : गगन थापा
- सुनकोशी नदीमा बेपत्ता तीनको पहिचान खुल्यो
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया