Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठशेयर बजारएलिट क्यापिटलको सेयर तालिम

एलिट क्यापिटलको सेयर तालिम


काठमाडौं । एलिट क्यापिटल लिमिटेडले निःशुल्क सेयर परामर्श एवं वित्तीय योजना तालिम सुरु गरेको छ । शुक्रबारदेखि लाजिम्पाट उत्तरढोकास्थित आफ्नै कार्यालयमा लगानीकर्ताहरूका लागि निःशुल्क तालिम तथा परामर्श सुरु गरेको हो । यस्तो तालिम हरेक शुक्रबार क्यापिटलको कार्यालयमा हुने जनाइएको छ ।

सेयर बजारमा लामो समय अनुभव हासिल गरेका प्राविधिक व्यक्ति तथा विज्ञहरूले तालिम दिने जनाइएको छ । क्यापिटलले तालिममा सेयर बजारको आधारभूत चरित्र, वित्तीय लगानी योजना, नेपालमा सेयर बजार प्रणाली, सेयर बजारमा अवसर र जोखिमलगायतका विषयमा परामर्श दिइने छ । यस्तै, सेयर बजारमा लगानीको योजना र सही कम्पनीहरूको छनोट तथा सेयरमा लगानी र कारोबारी तरिकाबारे पनि जानकारी दिइने क्यापिटलले जनाएको छ । तालिममा बजार प्रवेश गर्न चाहने नयाँ लगानीकर्ताहरूदेखि कारोबार गरिरहेका लगानीकर्ताहरू पनि सहभागी हुन सक्ने छन् ।

यस तालिममा सहभागीहरूलाई तालिमपश्चात पनि एलिट क्यापिटलले आफ्ना अनुसन्धान प्रक्रियामा सहभागी गराउने तथा लगानी टिप्स र परामर्श निरन्तर प्रदान गरिरहने क्यापिटलका कार्यकारी अध्यक्ष दिनेश आचार्यले जानकारी दिए ।

हरेक शुक्रबार आयोजना हुने यस्तो तालिममा न्यूनतम १५ जनाको सहभागिता रहने र उनीहरूले पहिले नै एलिट क्यापिटलको फेसबुक पेज, वेबसाइटमा गएर गुगल फर्म भर्ने वा टेलिफोन गरेर नाम दर्ता गराउन सक्नेछन् । तालिममा सहभागिताका लागि कुनै शुल्क नलाग्ने तर सीमित सिट भएका कारण पालो आउन भने समय लाग्न सक्नेछ ।


क्याटेगोरी : शेयर बजार

तपाईको प्रतिक्रिया