Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठशेयर बजारटिकेन सेयर बजारको निरन्तरको उकालो यात्रा

टिकेन सेयर बजारको निरन्तरको उकालो यात्रा

अन्तत, १७ अंकले घट्दा दुई अर्ब ६३ करोडको सेयर खरिद–बिक्री


काठमाडौं । निरन्तर उकालो लागेको सेयर बजार परिसुचक अन्ततः ओरालो लागेको छ । गत साता लगातार उकालो लागेको सेयर बजार यो साता सुरुवाती कारोबार दिन अर्थात आगामी आर्थिक बर्षको बजेट घोषणा हुनुअघिको अन्तिम दिन आज आईतबार दोहोरो अंकले ओरालो लागेको हो ।

सुरुवाती समयमा उच्च अंकले बढेको बजार परिसुचक अन्तिम समयमा आएर १७ दशमलव ३८ अंकले घटेर १९ सय ४१ दशमलव ७४ बिन्दुमा खुम्चिएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ९० अंकले ओरालो लागेर तीन सय ६९ दशमलव ४२ बिन्दुमा खुम्चिएको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज १३ वटा उपसमुमहरु अन्तर्गत दुई सय ६८ वटा कम्पनीहरुको सेयर कारोबार भएका छन् । जसबाट ४७ हजार छ सय ६१ पटकमा ७० लाख ४९ हजार छ सय ९९ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम दुई अर्ब ६३ करोड ९५ लाख नौं हजार छ सय ९७ रुपैंयाँ ७० पैसा पुगेको छ ।

आज १३ वटा समुहहहरुको कारोबार हुँदा उत्पादनमुलक र सामुहिक लगानी कोष समुहको सुचक झिनो अ्रंकले उकालो लागेपनि बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जिवन बीमा सहितका ११ वटा समुहहरुको सुचक उच्च अंकल घटेर रातै भएका छन् ।

 

 


क्याटेगोरी : शेयर बजार

तपाईको प्रतिक्रिया