सरकारले सेयर कारोबारमा लगाउने करबारे लगानीकर्ता स्पस्ट हुन नसक्दा धितोपत्र बजारमा ‘प्यानिक सेल’ देखापरेको छ । बजार उच्च अंकले घट्दा पनि कारोबार रकम करिब साढे दुई अर्ब पुगेको छ ।
सरकारले बजेटमार्फत सेयर र घरजग्गा व्यवसायीले आफ्नो नियमित कारोबारलाई आयमा देखाउनुपर्ने प्रावधान ल्याएको छ । यही कारण करको दर बढ्ने भएपछि लगानीकर्ताले सेयर बिक्री गरी बजारबाट बाहिरिन खोज्दा ‘प्यानिक सेल’ देखा परेको हो ।यस्तै सरकारले बजेटमा मर्जर तथा प्राप्ति र प्रिमियममा सेयर बिक्री गरेका कम्पनीहरूलाई त्यसबापत भएको फाइदा हिसाब गरी कर तिर्न भनेको छ । यो व्यवस्थाले केही बैंक तथा वित्तीय संस्था र कम्पनीहरूले कर तिर्नुपर्ने र यसको असर नाफामा पर्ने भएपछि लगानीकर्ताले बिक्रीचाप बढाएका हुन् ।
यही कारण मंगलबार ५३ दशमलव १६ अंकले घटेको बजार बुधबार पनि गिरावटलाई निरन्तरता दिएको छ । बुधबार नेप्से ३८ दशमलव ८३ अंकले घटेर एक हजार आठ सय ४९ दशमलव ७९ विन्दुमा झरेको छ । यस्तै सेन्सिटिभ इन्डेक्स सात दशलमव २८ अंकले घटेर तीन सय ५३ दशमलव ४३ विन्दु, फ्लोट इन्डेक्स दुई दशमलव ५९ अंकले घटेर एक सय २९ दशमलव शून्य सात, सेन्सिटिभ फ्लोट दुई दशमलव दुई अंकले घटेर एक सय १७ दशमलव १६ विन्दुमा कायम भएको छ ।
कारोबारमा आएका दुई सय १९ कम्पनीमध्ये दुई सय तीनवटाको सेयरमूल्यमा आएको गिरावटले बजार प्रभावित भएको हो । बजार घटे पनि १६ वटा कम्पनीका सेयरधनीले भने कमाएका छन् ।बजारमा बिक्रीकर्ता हाबी भए पनि दुई अर्ब ३१ करोड ५१ लाख रुपैयाँबराबरको ८७ लाख ३६ हजार एक सय २८ कित्ता सेयर किनबेच भएको छ । यस दिन लगानीकर्ताको सम्पत्ति ५७ अर्ब रुपैयाँले घटेर २७ खर्बमा झरेको छ ।
बजारका सबै उपसमूह घटेका छन् ।
सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समूह तीन दशमलव ५३ प्रतिशतले घटेको छ । त्यसपछि होटल तथा पर्यटन समूह तीन दशमलव ३१ प्रतिशत, जलविद्युत् दुई दशमलव ६३, निर्जीवन बीमा दुई दशमलव ४७, जीवन बीमा दुई दशमलव ३९, लगानी दुई दशमलव २८, फाइनान्स दुई दशमलव १८, विकास बैंक दुई दशमलव शून्य चार, लघुवित्त एक दशमलव ८२, व्यापार एक दशमलव ६५, बैंकिङ एक दशमलव ५४, अन्य एक दशमलव ५१ र म्युचुअल फण्ड शून्य दशमलव ४५ प्रतिशतले घटेका छन् ।
बजारमा गिरावट देखिए पनि आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाका सेयरधनीले १० प्रतिशतले कमाएका छन् । यसपछि माई खोला हाइड्रोपावरका सेयरधनीले छ दशमलव ४३ प्रतिशतले कमाएका छन् । तर युनिलिभर नेपालका सेयरधनीले १० प्रसितशत गुमाएका छन् । यसपछि एसियन हाइड्रोपावरको सेयरमूल्य पनि नौ दशमलव ७५ प्रतिशतले घटेको छ । सर्वाधिक करोबार प्रभु बैंकको संस्थापक सेयरको ३४ करोड २८ लाख रुपैयाँको भएको छ । यसपछि शिवम् सिमेन्टको ११ करोड ६५ लाख रुपैयाँको भएको छ ।
क्याटेगोरी : शेयर बजार
ट्याग : #Page 1
ताजा अपडेट
- जी फोर्सविरुद्धको उजुरी अलपत्र
- पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता
- कर्जामा सधैं पहुँचवालाकै रजगज
- यही हो त प्रहरीको जनसेवा ?
- मिलन सहकारीमा पैसा लिन आउनेको भिड
- (एमसीसी)की प्रमुख कार्यकारी अधिकृत सिइओ अलब्राइट काठमाडौंमा
- यही हो त प्रहरीको जनसेवा ?
- पशुपतिनाथ जलहरी प्रकरण सदस्यसचिव थापासहित तीन जनाविरुद्ध मुद्दा
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया