दोहोरो अंकले उकालो लाग्यो सेयर बजार
१६ अंकले बढ्दा एक अर्ब ६५ करोडको सेयर खरिद–बिक्री
काठमाडौं । सेयर बजार परिसुचक दोहोरो अंकले उकालो लागेको छ । बजेट घोषणा पछि लगातार ओरालो लागेको बजार परिसुचक साताको चौंथो दिन पनि झण्डै ३९ अंकले ओरालो लागेको थियो । तर साताको अन्तिम कारोबार दिन आज बिहिबार भने बजार परिसुचक १६ दशमलव ५४ अंकले उकालो लागेर १८ सय ६६ दशमलव ३४ बिन्दुमा चढ्न सफल भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव १९ अंकले उकालो लागेर तीन सय ५५ दशमलव ६२ बिन्दुमा चढेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज १३ वटा समुहहरु अन्तर्गत दुई सय ७२ वटा कम्पनीहरुको सेयर किनबेच भएको छ । जसबाट २९ हजार नौं सय २२ पटकको कारोबारमा ६१ लाख २८ हजार छ सय २१ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम एक अर्ब ६५ करोड ४६ लाख ४८ हजार नौं सय २२ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज कारोबार भएका कुल उपसमुहहरु मध्ये बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जिवन बीमा सहितका १३ वटै उपसमुहहरुको सुचक उकालो लागेर सेयर बजार पुरै हरियो भएको छ ।
क्याटेगोरी : शेयर बजार
ताजा अपडेट
- आईएमई पेबाट एसआईपी भुक्तानी
- गुल्मीको इन्द्रेगौँडामा ग्लोबल आईएमईको एक्सटेन्सन काउन्टर
- सांसदको दायित्व देशमा गुणस्तरीय कानुन बनाउने : नेत्री अग्रहरी
- सरकारले स्वास्थ्यकर्मीको सुरक्षाको जिम्मा लिन्छ : मुख्यमन्त्री पाण्डे
- चिनियाँ: प्रा. डा. झा सम्झौताको कार्यान्वयन चाहन्छन्
- दाङमा बस दुर्घटनाहुँदा १४ यात्रु घाइते
- नेपालमै किन बस्ने ?
- लिट्मस केबल्सको ‘वायरिङ दमदार, घर शानदार’ योजना
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया