Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठशेयर बजारएकदिन पनि टिकेन नेप्सेको उकालो यात्रा 

एकदिन पनि टिकेन नेप्सेको उकालो यात्रा 

१७ अंकले घट्दा एक अर्ब ९७ करोडको सेयर खरिद–बिक्री


काठमाडौं । आन्दोलनको जोडबलका आधारमा अघिल्लो दिन उच्च अंकले उकालो लागेर सेयर बजार साताको दोस्रो दिन आज सोमबार ओरालो लागेको छ । पुँजीगत लाभकरको बिषयमा भएको आन्दोलन र अर्थमन्त्रालयसंग भएको सहमती संगै अघिल्लो दिन सेयर बजार ५३ अंकले उकालो लागेको थियो । तर उक्त बृद्धि एक दिन पनि टिक्न सकेन । आज सोमबार बजार परिसुचक १७ दशमलव ३८ अंकले ओरालो लागेर १९ सय एक दशमलव ९९ बिन्दुमा खुम्चिएको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि आज दुई दशमलव ८८ अंकले ओरालो लागेर तीन सय ६२ दशमलव २२ बिन्दुमा खुम्चिएको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय ७७ वटा कम्पनीहरुको सेयर खरिद बिक्री भएका छन् । जसबाट ३६ हजार पाँच सय ६८ पटकको कारोबारमा ५६ लाख २० हजार तीन सय ८१ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम एक अर्ब ९७ करोड ३४ लाख ९१ हजार एक सय सात रुपैंयाँ कायम भएको छ ।

नेप्सेमा कारोबार भएका कुल उपसमुहहरु मध्ये बाँणिज्य बैंक, बिकास बैंक, जलबिद्युत, फाईनान्स, जीवन बीमा, निर्जीवन बीमा सहितका १३ वटै उपसमुहहरुको सुचक ओरालो लागेर सेयर बजार पुरै रातो भएको छ ।


क्याटेगोरी : शेयर बजार

तपाईको प्रतिक्रिया