एनआरएनएको चुनावमा आरके शर्माको नयाँ समीकरण
काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्वका लागि गए राति १२ बजे देखि शुरु भएको मतदान भरेराति १२ बजेसम्म चल्ने मतदान प्रक्रियामा नेकपा माओवादी केन्द्र समर्थित टिम सार्वजनिक भएको छ र त्यही टीमको चीट अनुसार मतदान भइरहेको छ ।
अध्यक्ष राजेन्द्र कुमार (आरके) शर्माको टीमबाट उपाध्यक्षमा गोभिन्द प्रसाद श्रेष्ठ, खगेन्द्र न्यौपाने, डा.केशव पौडेल, रोविन श्रेष्ठ, विजय मोक्तान, राजु रेग्मी, अब्दुल बसीन (युवा उपाध्यक्ष) र रोजिना प्रधान राई महिला उपाध्यक्ष रहेका छन् ।
शर्माको टीमबाट महासंघमा बुद्धि सागर सुवेदी रहेका छन् । उनी उम्मेदवारी दिँदा महेश श्रेष्ठको टीममा थिए । उपमहासचिवमा प्रविन गुरुङ र सोम प्रसाद सापकोटा रहेका छन् भने सचिवमा लोक प्रसाद (मोहन प्रसाद) दाहाल, टंक गैरे, कृष्ण जेवी पन्त, रामचन्द्र पोखे्रल, मनोज कुमार श्रेष्ठ चिरन्जीवि घिमिरे र विमला सापकोटा (महिला सचिव) रहेका छन् ।
आरके शर्माको टीमबाट कोषनध्यक्षमा ठाकुर प्रसाद ढुंगाना सह कोषाध्यक्षमा सीपी पौडेल, तिलक प्रसाद गैरे, अभिमन्यु बस्नेत र महिला सह कोषाध्यक्षमा तृष्णा काफ्ले रहेका छन् । आरकेको टीमबाट देवकी अत्री गुरुङ महिला संयोजक सुपेन्द्र घिसिङ र राजेन्द्र पोख्रेल क्षेत्रीय संयोजक रहेका छन् ।
कांग्रेश समर्थित एनआरएनको आलोपालो अध्यक्ष कुल आचार्यले कांगे्रस समर्थित श्रेष्ठ समुहलाई भत्काएर आरके शर्माको नयाँ प्यानल बनाएको चुनावमा चर्चा भएको छ । उक्त चिट वितरण भएपछि त्यस्तो चर्चा भएको हो ।
क्याटेगोरी : बिशेष
ताजा अपडेट
- चोरीमा संलग्न दुई भारतीयसहित तीन जना पक्राउ
- नेपालीलाई क्यासिनो प्रवेश गराउन भारतीय आधार कार्ड बनाइदिने तीन जना पक्राउ
- अदालतद्वारा एनसेलको सेयर खरिद बिक्रीको अभिलेखीकरण नगर्न आदेश
- ज्यान मुद्दाका फरार व्यक्ति १४ वर्षपछि पक्राउ
- पोर्चुगलका लागि सिफारिस आवासीय राजदूतको सुनुवाइ शुक्रबार हुने
- सर्वोच्च अदालतका लागि सिफारिस न्यायाधीशविरुद्ध १० उजुरी
- ठूला भ्रष्टाचारको अनुसन्धान थालिन्छ: प्रधानमन्त्री दाहाल
- विदेशको जागिर छाडेर नेपालमै पशु तथा मौरीपालन
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया