Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिशेषअडिटर्स एसोसिएसनको अध्यक्षमा पौडेल, ८१ सदस्यीय केन्द्रीय नेतृत्व चयन

अडिटर्स एसोसिएसनको अध्यक्षमा पौडेल, ८१ सदस्यीय केन्द्रीय नेतृत्व चयन


काठमाडौं । काठमाडौं–नेपाल अडिटर्स एसोसिएसन (अडान)को छैठौँ राष्ट्रिय महाधिवेशनले केदारनाथ पौडेलको अध्यक्षतामा ८१ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ । नेपाल अडिटर्स एसोसिएसनको छैठौँ राष्ट्रिय महाधिवेशन काठमाडौंको एभरेष्ट होटलमा उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा महालेखापरीक्षक टंकमणि शर्मा दंगाल, नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका अध्यक्ष युद्धराज ओली अडानका संस्थापक अध्यक्ष कमल खरेल र अध्यक्ष मोहनराज रेग्मीलगायतका वक्ताहरुले सम्बोधन गरेका थिए । राष्ट्रिय महाधिवेशनमा अडानका देशभरका पाँच सय प्रतिनिधि र दुई सय पर्यवेक्षकहरूको सहभागिता थियो ।

अडानको बन्द सत्रले संस्थाको सांगठनिक प्रतिवेदन, आर्थिक प्रतिवेदन र आगामी कार्ययोजना पनि पारित गर्नका साथै यस छैठौँ महाधिवेशनले १९ बुँदे घोषणापत्र जारी गरेको छ । महाधिवेशनले आगामी तीन वर्षका लागि केदारनाथ पौडेलको अध्यक्षतामा ८१ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित गरेको गरेको छ । नेपाल अडिटर्स एसोसिएसनका प्रथम उपाध्यक्ष डोलप्रसाद दाहालले दिएको जानकारीअनुसार वरिष्ठ उपाध्यक्षमा बद्रीप्रसाद भट्टराई, द्वितीय उपाध्यक्षमा अब्दुल करिम खाँ, तृतीय उपाध्यक्षमा झलकमणि लम्साल, प्रदेश उपाध्यक्षहरुमा पोषराज नेपाल प्रदेश नं. १ प्रदीपकुमार यादव, उपाध्यक्ष मधेश, रामजीप्रसाद अधिकारी बागमती, भोलानाथ पाठक उपत्यका, बिलबहादुर भुजेल गण्डकी, रमेश केसी लुम्बिनी, बहादुरसिंह बिष्ट सुदूरपश्चिम र बलराम रेग्मी कर्णाली रहेका छन् ।

महिला उपाध्यक्ष मीरा श्रेष्ठ र महासचिव प्रेमबहादुर श्रेष्ठलाई निर्वाचित गरेको छ । त्यसैगरी उपमहासचिवहरूमा भरतकुमार श्रेष्ठ, राजेन्द्रप्रसाद ढुंगाना, गणेश गिरी, हरिबहादुर कार्की, जयाकुमारी झा, साबित्री शर्मा र तिलकबहादुर अधिकारी चयन भएका छन् । सचिवहरुमा रामगोपाल महर्जन उपत्यका), मायाबादे श्रेष्ठ (बागमती), कामोद झा (मधेश), शिवराज बराल (गण्डकी), चन्द्रभक्त श्रेष्ठ (उपत्यका) पदमराज शर्मा उपाध्याय (सुदूरपश्चिम), नेत्रप्रसाद ज्ञवाली (लुम्बनी), गोकर्णप्रसाद आचार्य (लुम्बिनी) जयधर्म पोखरेल (प्रदेश नं. १) निर्वाचित भएका छन् । कोषाध्यक्षमा बलराम चौधरी र सहकोषाध्यक्ष सुनिल आचार्य रहेका छन् । उपत्यका सदस्यहरुमा सूर्यनारायण झा, हिरारत्न बज्राचार्य, आत्माराम चापागाई, कुमारप्रसाद खतिवडा, पुष्कर भुर्तेल, भूपेन्द्र कृष्ण श्रेष्ठ र पोषकलाल श्रेष्ठ रहेका छन् भने प्रदेश नंं. १ बाट रत्नप्रसाद निरौला, केशव प्रसाद गडतौला र शान्तिराम खनाल चयन भएका छन् ।

निर्वाचित हुने सदस्यमा मधेश प्रदेशबाट मेघराज पौडेल, चन्द्रमोहन अधिकारी, शिशिरचन्द्र गौतम डा. सन्तोषकुमार शाह, उमेश मिश्र र हेमनारायण लाल देव, बागमतीबाट पुष्पराज लोहनी, प्रकाश ढकाल, देवीप्रसाद डल्लाकोटी गण्डकीबाट गोविन्द पहाडी, रुद्रनाथ पौडेल, विष्णुप्रसाद खनाल, लुम्बिनीबाट नारायणप्रसाद घिमिरे, चन्द्रकान्त भट्टराई, दिपकप्रसाद रेग्मी, कर्णालीबाट रामबहादुर शाही, मदनराज ओझा, रविन्द्रनारायण श्रेष्ठ चयन भएका छन् ।

जनजाति सदस्यहरुमा उकुलाल महर्जन, विनोदकुमार चंखु, महिलामा अमिरालक्ष्मी तुलाधर, योगमाया धमला, अनिताकुमारी श्रेष्ठ,अनिता सिलवाल, निर्मला श्रेष्ठ र मायाकुमारी शर्मा चयन भएका छन् । दलित सदस्यमा प्रेमकुमार बिश्वकर्मा रहेका छन् । त्यसैगरी खुल्ला सदस्यहरुमा मधुसुदन भट्टराई, लक्ष्मीप्रसाद पण्डित, बसन्त पौडेल, प्रेमकुमार बराल, बालकृष्ण दाहाल, लिला भट्टराई, मोहम्मद जुबेर राई, मित्रप्रसाद शर्मा, लक्ष्मी सापकोटा, गोबिन्द खतिवडा र भोलानाथ शर्मा छन् । 


क्याटेगोरी : बिशेष

तपाईको प्रतिक्रिया